सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वन्यजन्तु आतङ्क नियन्त्रणमा प्रतिबद्धता जनाउने उम्मेदवार खोज्दै मध्यवर्ती क्षेत्रका बासिन्दा


  •    न्युजभित्तो/११ फाल्गुन २०८२, सोमबार १३:०७ 
  • कञ्चनपुर, ११ फागुन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने बासिन्दा वन्यजन्तु आतङ्क न्यूनीकरणलाई मुख्य मुद्दा बनाउने उम्मेदवारको खोजी गरिरहेका छन् ।

    निकुञ्जबाट बस्ती र खेतीयोग्य जमिनतर्फ छिर्ने बदेल, निलगाई, चितल र हात्तीले बर्सेनि बालीनालीमा व्यापक क्षति पु¥याउने गरेका छन् । बाघ र चितुवाले गोठबाटै गाई, भैँसी र बाख्रा तानेर मार्ने घटना दोहोरिँदै आएको स्थानीयको गुनासो छ ।

    मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने पिपलाडीका ६५ वर्षीय गङ्गाराम डगौराले बालीनाली जोगाउन बलिया मचान, विद्युतीय मेसवायर, सोलार बत्ती तथा टर्चलाइटको व्यवस्था अत्यावश्यक रहेको बताउनुभयो । “निकुञ्ज नजिकैको बस्ती भएकाले जङ्गली जनावरले केही बाँकी राख्दैनन्, मचानबाट निगरानी गरी भगाउन सकिन्छ तर संरचना छैन, पैदल खेतमा जाँदा आक्रमणको उच्च जोखिम हुन्छ”, उहाँले भन्नुभयो, “वर्षौँदेखि माग राख्दासमेत सुनुवाइ हुन सकेको छैन, त्यसको सुनावाइ गरी कार्य गर्ने उम्मेवार चाहिएको छ ।”

    खजुवाका ६० वर्षीय किडे धानुकका अनुसार जडान गरिएको मेसवायर वर्ष दिन नपुग्दै हात्ती र वर्षाले भत्काएको छ । “कतै हात्तीले ढालेको छ, कतै बाढीले बगाएको छ, मर्मत हुन सकेको छैन”, उहाँले भन्नुभयो । बलियो विद्युतीय तारबार, स्याली नदीमा तटबन्ध, कालोपत्रे सडक र सिँचाइको व्यवस्था प्रमुख माग रहेको उहाँले बताउनुभयो । खजुवा क्षेत्रमा मात्रै ६० भन्दा बढी परिवार बसोबास गर्दै आएका छन् ।

    जोनापुरका महेश महराले वन्यजन्तु प्रवेश गर्ने संवेदनशील स्थानमा प्रभावकारी मेसवायर जडान, सडक पूर्वाधार सुधार र नदी नियन्त्रणमा प्रतिबद्ध उम्मेदवारलाई मात्रै मत दिने धारणा व्यक्त गर्नुभयो । “महिना दिन अघि मात्रै छिमेकीले कर्जा गरेर ल्याएका दुई उन्नत गाई बाघले गोठबाटै घिसारेर मारेको छ, क्षतिपूर्ति पाउन सकेका छैनौँ”, उहाँले भन्नुभयो । हात्तीले पाक्दै गरेको धान, गहुँ र उखु सखाप पार्ने गरेको उहाँको भनाइ छ ।

    मध्यवर्ती क्षेत्रअन्र्तगत २४३ दशमलव पाँच वर्ग किलोमिटर पर्दछ । उक्त क्षेत्रमा पाँच नगरपालिका र दुई गाउँपालिकाका ४८ वटा वडा पर्र्दछन् । मध्यवर्ती क्षेत्रमा ३८ उपभोक्ता समिति गठन भएका छन् । उपभोक्ता समितिमार्फत मध्यवर्ती क्षेत्रमाका वन्जयजन्तु पीडित बासिन्दालाई राहत, क्षतिपूर्तिका कार्यक्रमसहित मेसवायर, सुधारिएको चुलो, बत्ती जडानलगायत कार्य हुँदै आएका छन् ।

    व्यवस्थापन समितिमार्फत जैविक विविधता संरक्षण, सामुदायिक विकास, आयआर्जन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका कार्यक्रम सञ्चालन हुँदै आएको निकुञ्ज प्रशासनको भनाइ रहेको छ ।

    यद्यपि स्थानीय बासिन्दाले ती प्रयास पर्याप्त नभएको भन्दै दीर्घकालीन र भरपर्दो योजना अघि सार्ने उम्मेदवारको अपेक्षा गरेका छन् । “वन्यजन्तु आतङ्क नियन्त्रण, क्षतिपूर्ति प्रणाली सरल र प्रभावकारी बनाउने तथा आधारभूत पूर्वाधार विकास गर्ने स्पष्ट प्रतिबद्धता चाहिन्छ,” स्थानीयको सामूहिक माग छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.