सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तुलसीपुरमा घट्दै पानीको आपूर्ति


  •    न्युजभित्तो/११ फाल्गुन २०८२, सोमबार १३:३१ 
  • तुलसीपुर (दाङ), ११ फागुन । शिशिर ऋतु सकिनै लाग्दा दाङ तुलसीपुरमा खानेपानीको आपूर्ति घट्दै गएको छ । तुलसीपुरमा प्रतिदिन एक करोड लिटर खानेपानीको माग छ । तर, अहिले ५४ लाख लिटर मात्रै आपूर्ति हुने गरेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कोषाध्यक्ष भोलाप्रसाद थापाले बताउनुभयो ।

    “माग धेरै छ, एक करोड लिटर दैनिक माग हुन्छ”, उहाँले भन्नुभयो, “तर, अहिले पानीका मुहान घट्दै गएका छन्, त्यसले गर्दा पुर्‍याउनै हम्मे–हम्मे पर्ने गर्छ ।” अहिले किसानलाई सिँचाइका लागि पानी दिनुपर्ने, पानीका मुहान घट्दै जाने अवस्था भएपछि यस्तो समस्या हुने गरेको कोषाध्यक्ष थापाको भनाइ छ । उहाँका अनुसार अब पालो–पालो गरेर पानी दिनुपर्ने अवस्था छ । “दुई दिन पानी दिइरहेकालाई एक दिन र एक दिन दिइरहेकालाई केही दिन बिराएर पानी दिनुपर्ने अवस्था रहेको छ”, उहाँले भन्नुभयो, “पानी नपर्दासम्म यस्तै समस्या रहने अवस्था छ ।”

    यस्तो अवस्थामा ट्याङ्करबाट भए पनि पानी उपलब्ध गराइने उहाँले बताउनुभयो । तुलसीपुर खानेपानीले वर्षात्को समयमा ८५ लाख लिटरसम्म खानेपानी आपूर्ति गर्दै आएको छ । वर्षातमा पानी प्रयाप्त हुने भए पनि कुनै मुहानको धमिलो पानी हुने भएकाले काट्नुपर्ने अवस्था रहेकाले ८५ लाख लिटर मात्रै आपूर्ति हुने गरेको उहाँको भनाइ छ ।

    तुलसीपुर खानेपानीले पालिकाको वडा नं ३ देखि १० सम्म र १२ नम्बर वडाका केही भागमा खानेपानी आपूर्ति गर्दै आएको छ । हाल तुलसीपुर खानेपानीको मूलकोट, राम्री, धैरनी, बाख्रे, दगेरा, छरछरे र पहरेमा ग्राभेटि मुहान छन् । कार्यालय परिसरमा डिपबोरिङ, डुम्रीगाउँ, रजौरा, एयरपोर्ट, साविक अञ्चल प्रहरी कार्यालय परिसर, खर्चवा, झुमरे, गोलौरा, तुलसीपुरको रेडक्रस, राइखलिया, मोतिपुर, इन्द्र नगर, उत्तरकपडादेवी, दक्षिण कपडादेवी परिसरलगगायत गरी १७ वटा भूमिगत मुहानका स्रोत छन् ।

    रानीजरुवा र पातुखोलामा सम्वेल छन् । हाल खानेपानीले १२ हजारभन्दा बढी धारा वितरण गर्दै आएको छ । तुलसीपुर खानेपानीले खर्चवा, रक्षाचौर र कार्यालय परिसरमा प्रशोधन मेसिन राखेको छ । रक्षाचौरमा बालुवा र गिट्टीको सहायताले पानी प्रशोधन गर्दै आएको छ । खर्चवा र कार्यालय परिसरमा प्रेसर फिल्टरबाट प्रशोधन गर्दै आएको छ । अहिले तुलसीपुरमा खानेपानीको सहज आपूर्तिका लागि बबई लिफ्टिङको काम अघि बढिरहेको छ । त्यो काम पूरा भएमा भने खानेपानी आपूर्तिमा सहज हुने कोषाध्यक्ष थापाले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.