सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु


  •    न्युजभित्तो/१९ श्रावण २०८३, मंगलवार १३:३२ 
  • बागमती, १९ साउन । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र तुल्याएका छन् । सरकार गठनका लागि नेकपा ९एमाले० र नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बीच सत्ता साझेदारीका लागि सहमति भैसकेकाले अन्य दलसँग पनि छलफल अघि बढाइएको छ ।

    सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीसँग छलफल भइरहेको एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले जानकारी दिनुभयो । “सरकार गठनका लागि दलहरूसँग छलफल तीव्र रुपमा अघि बढेको छ”, उहाँले भन्नुभयो, “सरकार गठनको गतिरोध चाँडै नै अन्त्य गर्ने गरी छलफल अघि बढाइएको छ ।”

    नयाँ सरकार गठनको गतिरोध अन्त्य गर्न मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सबै दलहरूसँग छलफल गर्नुभएको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जानकारी दिनुभयो । मुख्यमन्त्री बानियाँले नयाँ सरकार गठन गर्न स्पष्ट बहुमत जुटाउन वा कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई नै समर्थन गर्दै राजनीतिक अन्योलताको अन्त्य गर्न आग्रह गर्नुभएको छ ।

    १०४ सदस्यीय बागमती प्रदेश सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपालगायतका छ दल सहभागी छन् । सिट सङ्ख्याका आधारमा प्रदेशमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३६ सिट छ भने नेकपाको २६ र एमालेको २५ सिट छ । त्यस्तै प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १२ सिट, नेमकिपासँग तीन र हाम्रो नेपाली पार्टीसँग दुई सिट रहेको छ । बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ ।

    कांग्रेस नेतृवको सरकारबाट समर्थन फिर्ता सहित एमाले बाहिरए पनि नयाँ सरकार गठनका लागि बहुमत पुग्न नसक्दा सरकार निर्माणले निष्कर्ष पाउन सकेको छैन । नेपालका पुराना राजनीतिक शक्तिका रुपमा रहेका नेपाली कांग्रेस र एमालेले प्रदेशकमा अन्य दलको समर्थन लिएर आ–आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयास जारी रहेको बताइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.