सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास


  •    न्युजभित्तो/१८ श्रावण २०८३, सोमबार १३:४२ 
  • चितवन, १८ साउन । चितवन जिल्ला प्रशासनले अप्ठेरोमा परेकालाई खाना पकाउने ग्यास अभाव भएमा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा खबर गर्न सर्वसाधारण लाई आग्रह गरेको छ । एकल महिला, वृद्ध, अपाङ्ग, छात्रावासका विद्यार्थी, आश्रम तथा अत्यावश्यक ठाउँमा ग्यास उद्योगीले डिलर हुँदै सब डिलरमार्फत अप्ठेरोमा परेका व्यक्तिका घरमा खाना पकाउने (एलपी) ग्यास पु¥याउने व्यवस्था मिलाएको छ ।

    आज जिल्ला प्रशासन कार्यालय र ग्यास उद्योगी तथा डिलरसँगको छलफलपछि उक्त व्यवस्था मिलाइएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अशक्त र अपाङ्गले ग्यास नपाएको खबर प्राप्त भएमा घरमा नै ग्यास पठाउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

    व्यक्ति विशेषले समेत ग्यास नपाएमा टोल फ्री नम्बरमा फोन गर्न प्रशासनले अनुरोध गरेको छ । जिल्लामा बाबा, साइबाबा र नेपाल ग्यास उद्योग छ । गैँडाकोटमा रहेको जानकी ग्यासको बजार क्षेत्र चितवन हो । चारै उद्योगका सञ्चालकले पहिलेको तुलनामा ग्यास अभाव नहुने जानकारी दिएका छन् । बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले पहिलेको तुलनामा पर्याप्त ग्यास आएकाले बजारमा अभाव नहुने जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन
    • मधेसमा चहलपहल बढ्दै
    • नारायणगढ–मुग्लिन सडक सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.