सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आकस्मिक बाढीको आज मध्यम जोखिम


  •    न्युजभित्तो/१९ श्रावण २०८३, मंगलवार १२:०६ 
  • काठमाडौँ, १९ साउन । जल तथा मौसम विज्ञान विभागले आज देशका ३० जिल्ला भएर बग्ने स–साना नदी तथा खोलामा आज पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरेको छ ।

    विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, इलाम, झापा, धनकुटा, भोजपुर, मोरङ, सुनसरी, सङ्खुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकका खोलामा पानीको बहाव बढने अनुमान छ ।

    त्यस्तै काठमाडौँ, भक्तपुर, ललितपुर, नुवाकोट, लमजुङ, कास्की, म्याग्दी, बागलुङ, बाँके, जाजरकोट, रुकुम पूर्व, रुकुम पश्चिम, सुर्खेत, दार्चुला, बैतडी, अछाम, डोटी तथा आसपासका जिल्ला भएर बहने स–साना नदीमा पनि पानीको बहाव बढ्ने सम्भावनाछ ।

    महाशाखाले ती क्षेत्रका नदी तटीय तथा होचा भूभागका बासिन्दालाई सतर्क रहन, मौसम तथा बाढीसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

    विभागका बाढीविद् विनोद पराजुलीले स्थानीय तह तथा सम्बन्धित निकायलाई नदीको अवस्थाको निरन्तर निगरानी बढाउन, समुदायलाई समयमै सूचना प्रवाह गर्न तथा आवश्यक पूर्वतयारी अवस्थामा रहन आग्रह गर्नुभएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.