सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सवारी सुरक्षाका लागि ‘मापसे’ जाँचमा प्रहरी सक्रिय


  •    न्युजभित्तो/११ फाल्गुन २०८२, सोमबार १३:०५ 
  • गण्डकी, ११ फागुन । सवारी दुर्घटना न्यूनीकरणका लागि कास्की प्रहरीले मादक पदार्थ सेवन (मापसे) जाँचलाई तीव्र पारेको छ ।

    केही दिनअघि ‘मापसे’ गरी स्कूल बस चलाउने १० जना चालकलाई नियन्त्रणमा लिएको प्रहरीले आइतबार पोखराबाट छ जना सार्वजनिक सवारीसाधनका चालकलाई ‘मापसे’ गरेको आरोपमा पक्राउ गरेको हो ।

    जिल्ला ट्राफिक कार्यालय र वडा प्रहरी कार्यालय राम बजारको संयुक्त टोलीले माइक्रो चालक २४ वर्षीया विवेक घले, ३८ वर्षीय नीरबहादुर सुनार, बस चालक ४६ वर्षीय रञ्जित बराल, ३२ वर्षीय बेलबहादुर विक, ४० वर्षीय गणेश खड्का र २९ वर्षीय प्रदीप परियारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

    बिहान ४ बजेदेखि साँझ ६ बजेभित्रको समयमा जाँच गर्दा मादक पदार्थ सेवन गरेको पाइएकाले उनीहरूलाई पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ । प्रहरीले शनिबार फेवातालमा सञ्चालनमा रहेका डुङ्गा चालकहरूको ‘मापसे’ र लागुपदार्थ सेवन ‘लापसे’ जाँच गरेको थियो ।

    ४५ जना डुङ्गा चालकलाई जाँच गर्दा चार जना डुङ्गा चालकले ‘लापसे’ गरेको र एक जना डु¬ङ्गा चालकले ‘मापसे’ गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । पछिल्लो समय प्रहरीले कास्कीमा ‘मापसे’ जाँचलाई तीव्रता दिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
    आकस्मिक बाढीको आज मध्यम जोखिम
    बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता
    • शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
    • चितवन प्रशासनको व्यवस्था : अशक्त र वृद्धको घरमै ग्यास
    • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली
    • दाह्रा काटिएको ध्रुर्वे निकुञ्जभित्रैः १०/१० मिनेटमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.