सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्वारेन्टिनमा कडाइ गर्दा स्वदेशी केराको माग बढ्यो


  •    न्युजभित्तो/११ फाल्गुन २०८२, सोमबार १३:३६ 
  • चितवन, ११ फागुन । सरकारले ‘क्वारेन्टिन’मा कडाइ गर्दा भारतबाट भइरहेको केरा आयात घटेपछि स्वदेशी उत्पादनको माग बढेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोले विगतका वर्षमा केरा बिक्रीको समस्या अहिले भएको बताउनुभयो । 

    उहाँका अनुसार विगतका वर्षमा जिनाइन ९हरियो केरा० बिक्री नभएर चराले खाने अवस्था आएको थियो । साथै चिनीचम्पाले बजार पाए पनि मूल्य राम्रो पाउन कठिन भएको थियो । अहिले जिनाइन केरा प्रतिकोसा रु तीनले बिक्री भइरहेको उहाँको भनाइ छ । गत दसँै, तिहारलगायत चाडपर्वमा जिनाइन केरा बिक्री नहुँदा किसान समस्यामा परेको भए पनि अहिले भने बिक्री बढेको उहाँले सुनाउनुभयो । 

    चिनीचम्पा केराले पनि राम्रो मूल्य पाएको उहाँले जानकारी दिनुभयो । यो केरा अहिले घरीको रु ६०० मा बिक्री भइरहेको छ । स्वदेशमा उत्पादन भएको केराले बजार र मूल्य पाउँदा किसानले राहत पाएको उहाँको भनाइ छ । 

    नेपाल केरा उत्पादक महासङ्घका संयोजक विष्णुहरि पन्त सरकारले जैविक खाद्य सुरक्षामा कडाइ गर्दा आयातित केरा रोकिएको छ । जसका कारण नेपाली उत्पादनले बजार पाउन थलेको हो । उहाँले भन्नुभयो, “नेपालमा टिआर फोर नामक रोग केरामा देखिएपछि क्वारेन्टिनमा कडाइ गर्न थालेको छ ।” गत मङ्सिर २ गतेदेखि आयातित केरामा क्वारेन्टिनमा कडाइ गर्न थालिएको उहाँले बताउनुभयो ।

    क्वारेन्टिनले जैविक खाद्य सुरक्षामा कडाइ नगर्दा गएको दसैँ र तिहारमा मात्रै नेपालमा केरा उत्पादन गर्ने किसानले रु ६० करोड बराबरको नोक्सानी बेहोर्नु परेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले केरा उत्पादन गर्ने किसानमा उत्साह बढेको छ । यही अवस्था रहेमा एक वर्षभित्र केरामा नेपाल आत्मनिर्भर बन्छ ।” जैविक खाद्य सुरक्षामा कडाइ गरेपछि  विस्थापित हुने अवस्थाबाट किसान थपिने अवस्थामा आएको उहाँले बताउनुभयो । 

    नेपालमा उत्पादित केराले बजार पाउँदै गर्दा उपभोक्तामा भने चर्को मूल्य तिर्न बाध्य परेको गुनासो आएको बताउँदै उहाँले यस विषयमा सरोकारवालाहरूले अनुगमन गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “मध्यस्तकर्ताबाट उपभोक्ता ठगिएको सूचना पाएका छौँ । यसलाई अनुगमन जरुरी छ ।”

    राष्ट्रिय कृषि आधुनिकीकरण कार्यान्वयन कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख महेश रेग्मी अहिले जिल्लामा उत्पादित केराले बजार र मूल्य नपाउने समस्या हटेको बताउनुभयो । उहाँका अनुसार हाल जिल्लामा दुई हजार हेक्टर क्षेत्रफलमा केरा खेती गरिँदै आइएको छ । जसबाट वार्षिक ७० हजार मेट्रिकटन केरा उत्पादन हुँदै आएको छ । 

    राज्यले क्वारेन्टिनमा जैविक खाद्य सुरक्षालाई निरन्तर कडाइ गरेर स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न लागिपरेको उहाँले बताउनुभयो । यहाँ उत्पादित केरा चितवनसहित काठमाडौँ, पोखरा, भैरहवालगायत मुख्य सहरहरूमा जाने गरेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    • ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.