राष्ट्रिय
काठमाडौं, ११ माघ । नेपालमा कोरोना भाइरसका २७० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ६९ हजार ४५० पुगेको छ । पछिल्लो चौबीस घण्टामा...
काठमाडौं, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताएका छन् । आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेर जनतामा जाने निर्णय गरेको उनको दाबी छ । आइतबार अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार...
काठमाडौँ, ११ माघ । चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ बीच खेल हुनेछ । सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेको छ । सुदूरपश्चिम र...
चितवन, ११ माघ । हाम्रो दृष्टि राम्रो दृष्टि जापान शाखा,इच्छाकामना हाम्रो दृष्टि राम्रो दृष्टि समितिको संयुक्त पहलमा हिजो चितवनको इच्छाकामना गाउँपालिका वडा नं ०६मा रहेको राष्ट्रिय आधारभूत बिधालय कुयलघारीमा छात्रवृत्ति कार्यक्रमको “सपनाको झोला”अन्तर्गत दोस्रो कार्यक्रम सम्पन्न गरेको छ। उक्त बिधालयमा...
चितवन, १० माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनको सम्पर्क कार्यालय आज शनिबारबाट भरतपुरमा सम्पर्क कार्यालय सञ्चालनमा आएको छ । भरतपुरको रिजाल चोकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला सम्पर्क कार्यालय स्थापना गरिएको हो । नेकपा केन्द्रीय सदस्य तथा...
काठमाडौं, १० माघ । आज नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ । जसकारण देशका केही भागमा बदली भई सामान्य वर्षासमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको...
काठमाण्डौं, ९ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदन संवैधानिक इजलासमा भएको छैटौँ दिन सुनुवाई हुँदाहुँदै समय अभावका कारण हेर्दाहेर्दैमा आइतबार लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर...
काठमाडौं, ९ माघ । नेपालमा कोरोनाभाइरसका ३०२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५४५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३०२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका...
काठमाडौँ, ९ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता भएका प्रदेश नं १ र वाग्मतीका सम्बन्धमा पार्टीको धारणा बनाउन छलफल प्रारम्भ गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज आफ्नो निवास बूढानीलकण्ठमा वरिष्ठ नेता रामचन्द्र पौडेलको...
काठमाडौँ, ९ माघ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेश गर्नुभएको छ । रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ताद्वय टीकाराम भट्टराई र ओमप्रकाश अर्यालले बिहीबार प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना राजपत्रमा प्रकाशन नभएको प्रश्न उठाउनुभएको थियो...














