सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजनीतिक दलका नेताहरुले जिम्मेवारी पूरा गर्न नसक्दा पत्रकारिता क्षेत्र धरासायी:नेपाली कांग्रेसका केन्द्रीय सदस्य थापा


  •    न्युजभित्तो/४ फाल्गुन २०७७, मंगलवार ११:३७ 
  • चितवन, ४ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले राजनीतिक दलका नेताहरुले जिम्मेवारी पूरा गर्न नसक्दा पत्रकारिता क्षेत्र धरासायी बन्न पुगेको बताउनुभएको छ । लक्की मिडिया हाउसको पाँचौँ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा सोमबार उहाँले कोरोनाको सङ्क्रमणका कारण सञ्चार क्षेत्र धरासायी बनेको बताउनुभयो ।

    मिडियालाई सरकार र राजनीतिक दलको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो । कोरोनाका त्रास अझै बाँकी रहेको भन्दै उहाँले सबै मिलेर अहिलेको स्थितिलाई समाधान गनुपर्ने बताउनुभयो । सो अवसरमा जिल्लाका दुई पत्रकार सूर्यप्रसाद अधिकारी र दिनेश श्रेष्ठलाई सम्मान गरिएको थियो । यसैगरी चिकित्सा विधाअन्तर्गत भरतपुर अस्पतालका मेडिसिन विभाग प्रमुख एवं नेपाल चिकित्सक सङ्घ चितवन शाखाका निवर्तमान अध्यक्ष डा प्रकाश खतिवडा, पुरानो मेडिकल कलेजका वरिष्ठ युरोलोजिष्ट डा सुदीपराज केसी र भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा ओमकृष्ण पाठक, भरतपुर महानगर प्याब्सनका उपाध्यक्ष इन्दिरा कार्की, लिटिल फ्लावर स्कूल नारायणगढका प्राचार्य फादर रोवी कु र अर्किड स्कूल भरतपुरका सहप्राचार्य ओमराज मैनाली, नेपाली सिने क्षेत्रकी नायिका आंँचल शर्मा र अभिनेता विपिन कार्कीलाई पनि सम्मान गरिएको थियो । खेल विधा अन्तर्गत नवलपुर र चितवनका गरी तीन खेलाडी सम्मानित भएका छन ।

    नवलपरासी–बर्दघाट सुस्तापूर्व जिल्ला फुटबल सङ्घका महासचिव लक्ष्मण कार्की, एएफसी फुटबल सङ्घका प्रशिक्षक कृष्ण कार्की र ए डिभिजनका फुटबल खेलाडी प्रदीप भण्डारीलाई सम्मान गरिएको हो । यस्तै युवा व्यवसायी सुजन ओझा, सफल सर्जिकल हाउसका सञ्चालक अर्जुन रानाभाट र लेक ट्वान्टी थाउजेण्डका प्रबन्धक राजेश शर्मा आचार्य सम्मानित हुनुभएको छ । देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष एवं समाजसेवी टङ्कनाथ पौडेल र विमला पौडेल बस्नेतलाई समेत नगदसहित सम्मान गरिएको थियो । उहाँहरुलाई नेता थापासहित वरिष्ठ कलाकार नीर शाह र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीले सम्मान गर्नुभएको थियो ।

    कार्यक्रममा नेपाली कांंग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी, कांग्रेसका युवानेता राजकुमार राजभण्डारी, नेपाल चलचित्र कलाकार सङ्घका महासचिव चेतबहादुर सिंह ‘राजा’ लगायतले बोल्नुभएको थियो। सो अवसरमा साहित्यकार झमक घिमिरेद्वारा लिखित नेपाली कथानक चलचित्र ‘जीवन काँडा कि फूल’ प्रदर्शन गरिएको थियो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.