सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज काँग्रेस चितवनद्वारा संसद विघटनविरुद्ध विरोध सभा गर्दै,पूर्व स्वास्थ्य मन्त्री गगन थापाले सम्बोधन गर्ने


  •    न्युजभित्तो/३ फाल्गुन २०७७, सोमबार ११:०७ 
  • चितवन, ३ फागुन । नेपाली काँग्रेसले आज (सोमबार) देशभर सरकारको विरोधमा प्रदर्शन गर्दैछ । केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको विरोधमा काँग्रेसले देशभर प्रदर्शन गर्न लागेको हो ।

    काँग्रेस चितवनले पनि आज दिउँसो १ बजेभरतपुरको चबिसकोठीमा संसद विघटनविरुद्ध विरोध सभा गर्दैछ । सभालाई पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै सभालाई काँग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाइले पनि सम्बोधन गर्ने जिल्ला सभापति जितनारायण श्रेष्ठले जानकारी दिए ।

    त्यस अघी दिउँसो सवा १२ बजे केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) बाट विरोध र्‍याली निकालिनेछ । केन्द्रीय बस टर्मिनलबाट निकालिने र्‍याली जिल्ला प्रशासन कार्यालयचोक-मालपोतचोक- जिल्ला प्रहरी कार्यालय हुँदै चौबिसकोटीमा पुगेर सभामा परिणत हुनेछ ।

    काँग्रेस चितवनमा सचिव उत्तम जोशीले प्रदर्शनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । जोशीका अनुसार कार्यक्रमको प्रचार प्रसारदेखि कार्यकर्ताहरुलाई पत्र पठाएर निम्तो गर्नेलगायतका सम्पूर्ण तयारी पुरा भएको छ । बिरोध सभामा सहभागी हुनका लागि ४० हजार जनालाई पत्र पठाएर निम्तो गरिएको छ । काँग्रेसले जिल्लाका सात वटा स्थानीय तहका ९८ वटा वडा समिति मार्फत घरघरमा पत्र पठाएको हो ।

    कार्यक्रममा हजारौंको संख्यामा नेता कार्यकर्ताहरुको सहभागीता रहने उनले बताए । कार्यक्रमलाई संयमित र मर्यादित बनाउने जोशीको भनाइ छ । प्रतिनिधि सभा विघटनको विरोधमा काँग्रेसले केन्द्रीय समितिको निर्णय अनुसार चरणवद्ध रुपमा विरोध प्रदर्शन गरिरहेको छ । काँग्रेसले वडा, पालिका, प्रदेश क्षेत्र, संघिय क्षेत्र हुँदै जिल्ला तहमा बिरोध कार्यक्रम गर्न लागेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.