सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चुनाव हुँदैन, प्रष्ट भए हुन्छ : दाहाल (भिडियोसहित)


  •    न्युजभित्तो/३ फाल्गुन २०७७, सोमबार १२:४७ 
  • भरतपुर, ३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–दाहालका अध्यक्ष पुष्पकमल दाहालले चुनाव नहुने प्रष्ट भएको बताउनु भएको छ । भरतपुर विमानस्थलमा आज सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले चुनाव नहुने प्रष्ट भईसकेको बताउनु भएको हो ।

    आफ्नो सम्धी नरबहादुर केसीलाई श्रद्धाञ्जली दिन यहाँ आउनु भएका दाहालले लामो बलिदान र संघर्षबाट प्राप्त उपलब्धी अहिले धरापमा रहेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो “हामी सबै मिलेर यसलाई परास्त गर्नुपर्छ ।” आम नेपाली जनता र राम्रो दिमाग भएको मान्छे केपी ओलिको कदमको विरुद्धमा रहेको उहाँको दावी थियो । उहाँले अगाडि भन्नुभयो “यो कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा छैन ।”

    संविधान मिचिएको र लोकतन्त्रमाथिनै प्रहार भएकाले त्यसका विरुद्ध आफूहरु आन्दोलनमा रहेको भन्दै उहाँले भन्नुभयो “पञ्च¥याली जम्मा गर्ने, जमिन बाढ्छौं भनेर मान्छे उतार्ने पहिले पहिले राजा महाराजाहरुले गर्थे, अहिले प्रधानमन्त्रीले गर्नुभएको छ । त्यसको कुनै अर्थ छैन ।”

    प्रधानमन्त्री केपी ओलिलाई लक्षित गर्दै उहाँले भन्नुभयो “उहाँले जतिबेला प्रतिगमन र प्रतिगमनको बाटो पक्रिनु भयो, उहाँले हारिसक्नु भएको छ । मतमा पनि हार्नुहुन्छ ।” व्यवहारिक रुपमा पनि हारिसकेको दाहालको दावी थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.