प्रधानमन्त्रीसँग अदालत डराउन नहुने:नेपाली कांग्रेसका युवा नेता थापा
न्युजभित्तो/३ फाल्गुन २०७७, सोमबार १५:४७
चितवन , ३ फागुन । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्रीसँग अदालत डराउन नहुने बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले भरतपुरमा आयोजना गरेको विरोधसभामा बोल्दै नेता थापाले कसैको प्रभावमा नपरि निर्णय गर्न अदालतलाई सुझाव दिनुभयो । “मेरो अदालत यो प्रधानमन्त्रीसँग नडराओस्, अदालतले हिम्मत गरोस्”, उहाँले भन्नुभयो, “कसैको आमसभा, विरोध सभा नहेरोस्, संविधानको धारामात्रै हेरोस् ।” नेकपाले अस्तव्यस्त बनाएर देशलाई भिडन्तमा लैजान खोजको आरोप लगाउनुभएको छ ।
आफ्नै नेताहरुले एकअर्कालाई गाली गरेको देखेर नेकपा कार्यकर्ता विक्षिप्त बनेको दावी गर्नुभएको छ । कसले धेरै खायो कसले खान पाएन भन्दै लडेर करिब दुई तिहाई मतलाईनै संकटमा धकेलेको जीकिर गर्नुभएको छ । वर्तमान सरकारले चुनाव गर्नै नसक्ने बताउनुभएको छ । “संसद पुर्नस्थापना हुन्छ, पुर्नस्थापित संसदलेमात्रै देशलाई चुनावमा लैजान्छ”, उहाँले भन्नुभयो, “देशलाई संकटबाट कांग्रेसलेनै बचाउँछ, हामी सम्हाल्छौँ ।” प्रचण्ड–नेपाल समूहले संयुक्त आन्दोलमा आउन गरेको आग्रहलाई इंगित गर्दै उहाँले भन्नुभयो, “फेरि कांग्रेस मैदानमा आउनुपर्छ भनेछन्, तर ३ वर्ष पहिले यही चितवनमै आएर कांग्रेस चाहिदैन भनेको भुलेका छैनौँ ।”
बहुमत प्राप्त गरेको प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकारै नभएको जिकिर गर्नुभएको छ । नेता थापाले संसद विघटनलाई संविधानको विघटनका रुपमा चित्रण गर्नुभएको छ । पुस ५ गते ओलीको कदम असंवैधानिक हो भन्नेमा कांग्रेस अलमलमा नरहेको बताउनुभयो । “नक्सामा लिम्पियाधुरा, लिपुलेक राख्दा घेराबन्दीमा परे भनेर प्रधानमन्त्रीले भन्नुभयो”, उहाले भन्नुभयो, “कसले घेराबन्दी ग¥योे भन्न सक्नुहुन्छ ?” ओलीलाइ हास्य कलाकारका रुपमा सुन्न नागरिकहरु आमसभामा पुगेको जीकर गर्नुभयो ।् समृद्ध नेपाल, सुखी नेपालीको नारा व्यवहारमा देखाउन नसकेको बताउनुभयो । संविधान मान्नुस भन्दा उबेला नबोल्नेहरु आज हामी यहाँ छौ भन्दै सडकमा आएको टिप्पणी गर्नुभयो । कोखदेखि शोकसम्म जनतासंग कांग्रेस रहने बताउनुभयो ।
केन्द्रीय सदस्य सरिता प्रसाइले देश अप्ठ्यारोमा पर्दा कांग्रेसलेनै निकास दिएको जीकिर गर्नुभएको छ। संयम धेर्य भएर कांग्रेसलेनै निकास दिने दावी गर्नुभयो । कम्युनिस्टका ४ प्रधानमन्त्रीहुदा पनि नबनेको संविधान सुशील कोइरालाको नेर्तृत्वमा बनेको भन्दै कांग्रेसलेनै निकास दिने बताउनुभयो । वर्तमान प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर देशलाइ अस्थीरतमा पु¥याएको आरोप लगाउनुभयो । “गरिव जनताले उपचार गर्न पाएका छैनन, उहाँहरु सत्ताको दुरुपयोग गर्दै आमसभा गर्दै हिड्नुभएको छ”, उहाले भन्नुभयो, “रेल, पानीजहाज आइहाल्छ भन्नुभयो, जनता झुक्काएर फेरि भोट कसले दिन्छ ?”
जनताको भोट खेलाची गर्दै हिडेकालाइ जनताले सत्ता बाहिर ल्याइ छाड्ने दावी गर्नुभयो । नेकपाको दम्भ र उनिहरुको झगडाले देश संकटमा पुगेको बताउनुभयो । कांग्रेस नेर्तृ प्रसाइले प्रचण्डलाई शान्ती सम्झौता गरेर संसदमा हुलेको ईतिहास नभुल्न आग्रह समेत गर्नुभयो । प्रचण्डले पटक पटक धोका दिएको विगत कांग्रेसले नभुल्ने दावी गर्नुभयो । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले कांग्रेसल एक्लैले चितवनका सबै क्षेत्रमा चुनाव जित्ने दावी गर्नुभयो । चितवनका उपसभापति कैलाश कोइरालाले संविधान आइसीयुमा रहेको बताउनुभयो ।