राष्ट्रिय

बालाजु औद्योगिक क्षेत्रभित्रको नेविको विस्कुट कारखानामा आगलागी, अझै नियन्त्रणमा आएन
-न्युजभित्तो

काठमाण्डौं, २३ साउन । काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा आगलागी भएको छ । आज बिहान २ बजेदेखि आगालागी भए पनि अहिलेसम्म आगालागी नियन्त्रणमा आइसकेको छैन । आगलागी नियन्त्रणमा लिनका लागि दमकल र हेलिकप्टरको प्रयोग गरिएको महानगरीय प्रहरी...

कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
-न्युजभित्तो

काठमाडौं २२ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक भोलि बोलाइएको छ । कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु...

भूमि आयोग विघटनको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट
-न्युजभित्तो

काठमाडौं, २२ साउन । सरकारले गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग विघटनको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता प्रवेश केसीले दर्ता गरेको रिटमाथिको सुनुवाइका लागि साउन २५ गते आइतवारको लागि...

काभ्रेमा पनि बढ्न थाल्यो कोरोना, अक्सिजनसहितका आइसोलेशन पूर्ववत् अवस्थामा राख्न निर्देशन
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, २२ साउन । पछिल्ला केही हप्तादेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय तहका आइसोलेशनलाई पूर्ववत् सुविधामा राख्न निर्देशन दिइएको छ । काभ्रेस्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डिसिसीएमसी०ले आवश्यक अक्सिजनसहित पूर्ववत् अवस्थामा राख्न निर्देश गरेको हो...

महाधिबेशन भदौमा सम्भव छैनः महामन्त्री कोईराला
-न्युजभित्तो

चितवन,२२ साउन । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले भदौमा महाधिबेशन सम्भव नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले कृयाशिल सदस्यता बिबाद र पार्टी समायोजनका बिषयहरुका कारण भदौमा महाधिबेशन सम्भव नरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो...

भूकम्प प्रभावितको गुनासो : छ महिनाका लागि भनियो अहिलेसम्म व्यवस्थापन हुन सकेन
-न्युजभित्तो

चितवन, २२ साउन । कालिका नगरपालिका–७ का टीकाबहादुर विश्वकर्मा अहिले आफ्नो बस्ने घर मर्मत गर्न नपाएर समस्यामा हुनुहुन्छ । उहाँ २०७२ सालमा आएको भूकम्पमा परी विस्थापित भएर इच्छाकामना गाउँपालिका–२ गुछिवाङबाट यहाँ आउनुभएको हो । उहाँ कालिका–७ जुटपानीमा आएर बसेको...

दार्चुला तुइन घटना प्रकरण : सात दिनपछि छानबिन समितिद्वारा घटनास्थल निरीक्षण
-न्युजभित्तो

दार्चुला, २२ साउन । महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न आएको समिति सात दिनपछि भारतीय बाटो हुँदै घटनास्थल पुगेर फर्किएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीसहित छानबिन टोली घटनास्थल निरीक्षणमा पुगेको हो । व्यास गाउँपालिका–२ मालघाटको...

हेलम्बु राजमार्ग अवरुद्ध
-न्युजभित्तो

सिन्धुपाल्चोक, २२ साउन । लगातारको बाढीले पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । बिहान ०६ः५० बजेको समयमा मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला ठाडो पहिरामा इन्द्रावती नदीले बाटो कटान गर्दा २० मिटर बाटो झरी मेलम्चीतर्फ जाने बाटो पूर्णरूपमा अवरोध...

थप ३,९३८ जनामा कोरोना संक्रमण, ३७ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,२१ साउन । पछिल्लो २४ घण्टामा ३,९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार...

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान
-न्युजभित्तो

काठमाडौँ, २१ साउन । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । उनले साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् । संविधानको धारा १८३ को उपधारा ३ बमोजिम शेरचनले विशेष अधिवेशन...