सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडमा केही सुधार


  •    न्युजभित्तो/२६ श्रावण २०७८, मंगलवार १५:१७ 
  • काठमाडौ,२६ साउन । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कम हुँदै गएपछि सबैजसो कार्यालयले स्थलगतरूपमै सेवा दिन थाले पनि आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडले सेवाग्राही कार्यालय नछिराउने क्रममा सुधार आएको छ ।

    कोरोना जोखिमलाई कारण देखाउँदै सेवाग्राहीलाई मूल ढोकाबाहिर राखेर काममा ढिलाइ गरेको समाचार यही साउन १८ गते राष्ट्रिय समाचार समिति ९रासस०बाट सार्वजनिक भएपछि सेवामा सुधार गरिएको हो । समाचार सार्वजनिक भएपछि सेवाग्राहीलाई मूलढोकाबाट टोकनसहित प्रवेश गराएर सेवा सुरु गरिएको छ । यसअघि लिमिटेडको टेकुस्थित कार्यालयको मूलढोका बन्द गरेर सेक्युरिटी कम्पनीका सुरक्षाकर्मीमार्फत् मात्र सेवा प्रवाह गरिँदा सेवाग्राहीको काम समयमा हुनसकेको थिएन । डिम्याट खाता खोल्न फारम बुझाएको एक हप्तापछि मात्र सेवाग्राहीले नम्बर पाउने गरेका थिए ।

    कार्यालयमा जी फोर सेक्युरिटी कम्पनीबाट खटिएका सुरक्षाकर्मी रघु विष्टले मन लागेका सेवाग्राहीलाई छिराउने मन नलागेका सेवाग्राहीलाई भित्र जान पाइँदैन भनी फर्काउने गरेकामा अहिले कार्यालयबाहिरको ढोकामा राख्न थालिएको छ । सुरक्षाकर्मी विष्टले केही ब्रोकरको इशारामा सेवाग्राहीलाई भित्र नछिराउने गरेको सेवाग्राहीले गुनासो गर्दै आएका थिए । लिमिटेडले दलालमार्फत् काम गराउने प्रवृत्तिलाई प्रोत्साहन गर्न ग्राहक नछिराएको आरोप सेवाग्राहीले लगाउँदै आएका थिए । कार्यालय प्रमुख बद्रीप्रसाद प्याकुरेल केही कमी कमजोरी भएकामा त्यसलाई सुधार गरेर सेवा दिइएको बताउनुहुन्छ ।

    टोकन दिएर सेवाग्राहीलाई कार्यालयभित्र प्रवेश गराए पनि कुन काम कति समयमा हुन्छ भनी कार्यालयमा राखिनुपर्ने नागरिक बडापत्र भने नराखिँदा कार्यालयबाट पाउने सेवाका विषयमा जानकारी पाउन सेवाग्राही कठिन हुने अवस्था छ । सेवाग्राही शर्मिला घोरासैनी कार्यालयबाट पाइने सेवा, लाग्ने अवधि, शुल्क जिम्मेवार अधिकारीलगायत विषयको जानकारी भने अझै पाउन नसकिएको बताउनुहुन्छ । कार्यालयको सेवा अझै पारदर्शी हुननसकेको उहाँको गुनासो छ ।

    सुशासन ऐन र नियमावलीमा सेवा प्रदायक कार्यालयले सेवा लिन चाहिने कागजात, दस्तुर, समय, जिम्मेवार अधिकारीलगायतको विवरण नागरिक बडापत्रमा राख्नुपर्ने व्यवस्था गरिए पनि कार्यान्वयन हुनसकेको छैन । सरकारी कार्यालयले नै कानूनको उल्लङ्घन गर्दा सेवाग्राही मर्कामा पर्ने गरेका छन् ।

    यसअघि सुरक्षाकर्मीसँग कुस्ती खेलेर कार्यालयमा छिर्ने सेवाग्राहीले समेत कर्मचारीबाट सेवा नपाउने अवस्था थियो । सेवा लिन फाइलसहित फेरि निजी कम्पनीका सुरक्षाकर्मीकहाँ फर्कनुपर्ने बाध्यताको अन्त्य भएको छ । कर्मचारीले सेवाग्राहीबाट पैसा लिएको भौचरसमेत नदिने गरेकामा यसमा समेत सुधार भई भौचर पाउन थालेका छन् । पैसा फाराममै स्टिच गरेर सुरक्षाकर्मीलाई बुझाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

    मेरो शेयर फाराम भरेका सेवाग्राहीलाई इमेलमा जानकारी पठाउने प्रतिबद्धता कर्मचारीले व्यक्त गर्ने गरे पनि वर्षौँदेखि त्यस्तो इमेल नपाएको भन्दै सेवाग्राही कार्यालयमै पुग्ने गरेका छन् । यसमा भने अझै सुधार नआएको सेवाग्राहीको गुनासो छ । प्याकुरेल आफू कार्यालय प्रमुख भएर आएको दुई वर्षमा ७५ हजारभन्दा बढी डिम्याट खाता खोल्ने ग्राहक बढाएको बताउनुहुन्छ । हाल रहेका ३१ वटा मर्चेन्ट बैंकिङमध्ये आरबिबीलाई प्रतिस्पर्धीरूपमा अघि बढाइएको उहाँको दाबी छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    • बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.