सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मनाङमा बाढीपहिराको क्षतिसम्बन्धी प्रतिवेदन


  •    न्युजभित्तो/२६ श्रावण २०७८, मंगलवार १५:४८ 
  • मनाङ, २६ साउन । मनसुन शुरुवात हुनु अगावैदेखि आएको बाढीपहिराले हिमाली जिल्ला मनाङ सडक सञ्जालबाट विच्छेद भएको छ । मनाङका शाखा तथा मुख्य सडक बाढीपहिराले क्षतविक्षत भएपछि स्थलमार्ग अवरुद्ध भएको छ । सडकसँगै जिल्लाका पुलसमेत बाढीले बगाएको छ ।

    मनाङ जिल्लाकै ‘लाइफ लाइन’का रुपमा रहेको लमजुङ बेँंसीशहर–चामे जोड्ने मुख्य सडक तथा सदरमुकाम चामेदेखि उपल्लो मनाङ खाङ्सार जोड्ने सडकका ठाउँठाउँमा क्षति पुगेको छ । तत्काल सडक मर्मत गरेर खुलाउन नसकिए केही समयमा नै जिल्लामा खाद्य सङ्कट व्यहोर्नुपर्ने देखिएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेको संयोजकत्वमा गठित समितिले असार २५ र २६ गते नासों गाउँपालिका र २९ गते मनाङ ङिस्याङ गाउँपालिकाका क्षतिग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरी अध्ययन प्रतिवेदन तयार पारेको हो । अध्ययन टोलीले उक्त प्रतिवेदन गृह सचिवलाई बुझाएको छ ।

    प्रतिवेदनमा बाढीपहिराले जिल्लामा पुयाएको क्षति र वर्तमान अवस्थाका बारेमा तथ्याङ्कसहित प्रस्तुत गरिएको छ । प्रतिवेदनले जिल्लाको नासों, चामे र ङिस्याङ गाउँपालिकाका विभिन्न बस्ती, विद्यालय र सरकारी कार्यालयका भौतिक संरचनामा पु¥याएको क्षतिको तथ्याङ्क उल्लेख गरेको छ । प्रतिवेदनअनुसार बाढीपहिराले जिल्लाका १७ पक्की तथा झोलुङ्गे पुलमा क्षति पुगेको र ६ वटा पुल पुनःनिर्माण गरेर मात्र सञ्चालनमा ल्याउन सकिने छ । नासों गाउँपाकिलामा मात्रै ११ पुल छन् । तीमध्येका चार र चामेका दुई पुल सामान्य मर्मतपछि सञ्चालन गर्न सकिन्छ । नासों गाउँपालिकामा सबैभन्दा बढी पुलमा क्षति पुगेको छ । त्यस्तै चामे गाउँपालिकाका पाँच पुलमा क्षति पुगेको छ । तीमध्ये चार वटै पुनःनिर्माण गर्नुपर्छ । ङिस्याङ गाउँपालिकाको एक पुल मर्मत गरी सञ्चालन गर्न सकिने जनाइएको छ ।

    बाढीपहिराले क्षतिग्रस्त झोलुङ्गे पुललाई तत्काल आवश्यकताअनुसार मर्मत र पुनःनिर्माण गर्नसमेत अध्ययन टोलीले सुझाव दिएको छ । “झोलुङ्गे पुलको पुनःनिर्माण र मर्मतका लागि सस्पेन्सन ब्रिज डिभिजन पुल्चोक ललितपुर, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशसँग समन्वय गरी यथाशीघ्र पुनःनिर्माण एवं मर्मतकार्य अगाडि बढाउनुपर्ने देखिन्छ,” प्रतिवेदनमा भनिएको छ । नेपाली सेनाले यसै विषयमा गरेको अध्ययन भने सार्वजनिक गरिएको छैन । “हामीले स्थलगत अध्ययन गरेको प्रतिवदेन गृह सचिवलाई बुझायौं, त्यसपछि गृहमन्त्रालयबाट पनि स्थलगत अध्ययनका लागि नेपाली सेनाको नेतृत्वमा टोली आउनुभएको थियो, प्रजिअ लामिछानेले भन्नुभयो, “गृहको अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छैन, उहाँहरुको अध्ययनले के भन्छ त्यसपछि योजना बनाउन सहज हुनेछ ।” गत शनिबार मात्रै ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री पम्फा भुसाललगायतको टोलीले बाढीपहिराले क्षतिग्रस्त स्थानको स्थलगत निरीक्षण गरेको छ । जेठको १४ र असार १ को बाढीपहिराले जिल्लामा ठूलो क्षति भएको छ । असार लाग्नासाथ मस्र्याङ्दी नदीमा आएको बाढीले सबैभन्दा बढी नासों गाउँपालिका– तालगाउँमा क्षति पुगेको छ ।

    तालगाउँ अहिले पनि बगर र केही ठाउँमा पानीे छ । बाढीपहिराको जोखिम कम नहुँदासम्म यहाँ पुनः बस्ती बसाल्न सकिने स्थिति नरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो । “जोखिम बढी भएकाले बस्ती नै स्थानान्तरण गर्ने विषयमा छलफल चलिरहेको छ तर गृहमन्त्रालयको सुझाव पर्खाइमा छौँ,” उहाँले भन्नुभयो । मनाङलाई बाह्य जिल्लासँग जोड्ने सडक सञ्जाल चामे–बेँसीशहर सडकखण्डको ८० प्रतिशत भाग पहिरोले क्षति पु¥याएको प्रतिवेदनमा उल्लेख छ । सदरमुकाम चामे जोड्ने स्टिल र झोलुङ्गे पुल दुबै किनारामा क्षति पु¥याएको छ । नासों गाउँपालिकाका विभिन्न जलविद्युत् आयोजनामा बाढीपहिराले क्षति पु¥याएको प्रतिवेदनमा उल्लेख छ । विद्युत् विस्तारका लागि गाडिएका अधिकांश पोल सडकसँगै बाढीले बगाउँदा केन्द्रीय प्रशारण लाइनसमेत आपूर्ति हुन सकेको छैन । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.