सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारको साझा कार्यक्रममा ओलीले खोजे एमसीसी


  •    न्युजभित्तो/२६ श्रावण २०७८, मंगलवार १४:५५ 
  • काठमाडो,२६ साउन । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसीको विषय कहाँ छ भन्दै खोजी गरेका छन् । प्रतिनिधिसभा बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले केपी ओलीलाई देखाएर एमसीसी पास गर्ने वातावरण बनाउन खोज्ने भन्दै कटाक्ष समेत गरे ।

    ‘साझा कार्यक्रममा साना र मसिना कुरा मात्रै छ, पहिले तपाईंहरुले नै एमसीसी गर्नुभएजस्तो लाग्थ्यो, तपाईंहरुले’, ओलीले एमसीसी साझा कार्यक्रममा नभएको प्रति व्यङ्ग्य गर्दै भने, ‘एमसीसीको बारेमा त केही पनि छैन, एमसीसी बिर्सिनु भयो कि के हो । मैले त देखिन कतै । अनि केपी ओलीले कतै एमसीसी पास गर्नुपर्छ भनेको क्लिप खोजेर वातावरण बनाउन खोज्नुहुन्छ रु

    उनले एमसीसीबारे नेपाली जनताले जान्न चाहेको भन्दै यसबारे प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने उनले बताए ।

    उनले संयुक्त सरकारको साझा कार्यक्रममा विभिन्न अनुहार देखिए पनि काँग्रेसको अनुहार भने नदेखिएको टिप्पणी गरे । ‘अचम्म लाग्छ, नेपाली काँग्रेसको अनुहार कतै छैन। नीतिमा छैन, कार्यक्रममा छैन, केहीमा पनि छैन ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    • बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.