राष्ट्रिय

कोरोना भाइरसबाट बच्नका लागि ‘नमस्ते’ गर्न नेपालको आग्रह
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ (कोरोना भाइरस)बाट बच्न एकापसमा भेट्दा हात मिलाउनाको साटो नेपाली संस्कृतिअनुसार नमस्ते आदानप्रदान गर्न दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुककाका नेतालाई आह्वान गर्नुभएको छ । कोभिडविरुद्ध लड्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण...

धनुषामा घरेलु मदिरा सेवनबाट मर्नेको सङ्ख्या १५ पुग्यो, शोकमा डुब्यो गाउँ
-न्युजभित्तो

धनुषा । घरेलु विषाक्त मदिरा सेवनका कारण धनुषामा पछिल्लो दुई साताभित्र १५ जनाको मृत्यु भएको छ । आज जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी टोलमा विषाक्त मदिरा सेवनले थप तीनको मृत्यु भएको छ । यससँगै धनुषामा पछिल्लो दुई साताभित्र विषाक्त मदिरा...

थप ऊर्जा र आत्मविश्वास लिएर प्रधानमन्त्री बालुवाटार फिर्ता, ‘कन्ट्रोल रुम’मा राखिने
-न्युजभित्तो

काठमाडौँ । “समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न केही दिनको अस्पतालको बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर काममा फर्कनेछु”, दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना हुनु अघि भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा...

प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिष्चार्ज’, नियमित सबै कार्य गर्न सक्नुहुन्छ : चिकित्सक
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालबाट आज साँझ प्रधानमन्त्री निवास बालुवाटार फर्कनुभएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न उहाँ यही फागुन १९ गते अस्पतालमा भर्ना हुनुभएको थियो । प्रधानमन्त्रीको पछिल्लो पटक...

विदेशबाट आएका नेपाली ‘होम क्वारेन्टाइन’ र विदेशी ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्ने
-न्युजभित्तो

नारायण ढुङ्गाना काठमाडौँ । कोरोना भाइरस डिजिज (कोभिड–१९) भित्रिन नदिन विदेशबाट आएका विदेशीले ‘सेल्फ क्वारेन्टाइन’ र नेपालीले ‘होम क्वारेन्टाइन’मा बस्नुपर्ने भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओले)ले कोभिड–१९ लाई विश्वव्यापी महामारीका रुपमा घोषणा गरेपछि सरकारले उच्च सतर्कता अपनाउँदै आफैँ सुरक्षित...

धनुषामा मदिरा सेवनबाट एकै गाउँका छ जनाको मृत्यु
-न्युजभित्तो

धनुषा । धनुषामा घरेलु मदिरा सेवनबाट एकै गाउँका छ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित रमदैया भवाडीमा मदिरा सेवनबाट बिहीबार राति छ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–२ रमैदयाका...

श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित
-न्युजभित्तो

काठमाडौँ । कोभिड–१९ (कोरोना भाइरस)ले विश्वव्यापी रुपमा प्रभाव पार्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगन गरेको छ । नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकले ‘अर्को सूचना नभएसम्म वैदेशिक...

गौतमबुद्ध विमानस्थलको काम ९० प्रतिशत सम्पन्न
-न्युजभित्तो

सिबी अधिकारी काठमाडौँ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । हालको अवधिमा करिब ९० प्रतिशत भौतिक प्रगति रहेको यो विमानस्थल सन्निकट सञ्चालनको अवस्थामा रहे पनि कोभिड–१९ (कोरोना भाइरस)को विश्वव्यापी प्रकोपका कारण आयोजनालाई असर परेको...

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य र सुधारोन्मुख
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको नवौँ दिन आज उहाँको स्वास्थ्य परीक्षणका नतिजा सामान्य र सुधारोन्मुख छन् । त्रिवि शिक्षण अस्पतालमा उहाँको प्रत्यारोपणपछि गरिने नियमित परीक्षणलाई निरन्तरता दिइएको छ । उहाँको भाइटल तथा ल्याब सूचक राम्रो अवस्थामा...

नेकपा अध्यक्ष प्रचण्डद्वारा बम प्रहारको निन्दा
-न्युजभित्तो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय कमिटी सदस्य, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित निजी निवासमा आज बिहान गरिएको प्रेसर कुकर बम प्रहारको घटनाको निन्दा गर्नुभएको छ । अध्यक्ष दाहालले आज...