सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ४८ पुग्यो, १० जना निको भएर घर फर्किए


  •    न्युजभित्तो/११ बैशाख २०७७, बिहीबार २१:१४ 
  • काठमाडौँ । आज साँझ थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।

    साँझ संक्रमण पुष्टि भएका व्यक्ति २६ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभएको छ । ती युवक भोजपुरका भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर विकास साहले बताउनुभयो ।

    यसैबीच, कोरोना सङ्क्रमित भई सेती प्रादेशिक अस्पताल धनगढीमा उचाररत थप एक व्यक्ति आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उपचाररत कैलालीको लम्कीचुहा नगरपालिकाकी ५० वर्षीया महिला कोरोना पोजेटिभ निको भई अस्पतालबाट डिस्चार्ज हुनुभएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिनुभयो । आज डिस्चार्ज हुनेमा पाना विक हुनुहुन्छ । वीरगञ्जबाट कैलाली आउनुभएकी उहाँलाई कोरोना भाइरसको पुष्टि भएपछि यही वैशाख १ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

    यसअघि सो अस्पतालबाट कञ्चनपुरको बेदकोट नगरपालिकाका ईन्द्र विक, धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय अमृत शाही र कैलाली लम्कीचुहा नगरपालिकाका २१ वर्षीय राज विक कोरोना निको भई डिस्चार्ज हुनुभएको थियो ।

    अस्पतालमा कोरोना सङ्क्रमित धनगढी उपमहानगरपालिका—५ की ३४ वर्षीया एक महिलाको उपचार भइरहेको र उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पतालबाट डिस्जार्च हुनेलाई एक हप्तासम्म घरमा ‘होम क्वारेन्टाइन’ मा अलग्गै कोठामा बस्नुपर्ने सल्लाह चिकित्सकले दिने गरेका छन् ।

    सूचना अधिकारी श्रेष्ठले डिस्चार्ज हुनेलाई एक हप्तासम्म आफ्नो परिवारसँग हेलमेल नगरी कुनै कुरा गर्नुपरेमा कम्तिमा पनि दुई मिटरको दूरी कायम राख्न र स्वास्थ्यमा कुनै समस्या देखिए तत्कालै अस्पतालमा जानकारी दिन सल्लाह दिने गरिएको बताउनुभयो । उहाँहरुलाई घर फिर्ता पठाउँदा मास्क, ग्लोब र सेनिटाइजर उपलब्ध गराउने गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.