काठमाडौँ । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या ४५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज धरानमा गरिएको पीसीआर परीक्षणमा थप तीनजनाको रिपोर्ट पोजेटिभ आएपछि नेपालमा सङ्क्रमितको सङ्ख्या ४५ पुगेको हो ।
मन्त्रालयका अनुसार आज कोरोनाभाइरस पुष्टि हुनेमा २४, ६० र ७२ वर्षका व्यक्ति रहेका छन् । मन्त्रालयले उनीहरुको थप विवरण खुलाएको छैन ।
यसैबीच, टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा उपचार गराइरहेका एकजना र सेती अस्पतालमा उपचार गराइरहेका एकजना गरी दुईजना कोरोना सङ्क्रमित व्यक्ति निको भाई आज डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या सात पुगेको छ ।