थप दुई जनामा कोरोनाभाइरस पुष्टि, सङ्क्रमित सङ्ख्या ४७ पुग्यो
"निको हुनेको सङ्ख्या नौ "
न्युजभित्तो/११ बैशाख २०७७, बिहीबार १७:१५
काठमाडौँ । नेपालमा थप दुई जनामा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमित सङ्ख्या ४७ पुगेको छ ।
उदयपुरका एक ५५ वर्षीय पुरुष तथा जनकपुरका १४ वर्षीय बालकमा थप कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभएको छ ।
निको हुनेको सङ्ख्या नौ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित थप दुईजना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् । योसँगै कोरोना भाइरस निको हुनेको संख्या नौ पुगेको छ । काठमाडौँको सन सिटी अपार्टमेन्टमा बस्ने आमा, छोरा (८१ वर्षीया आमा र ५८ वर्षीय छोरा)लाई केही दिन अघि भाइरस संक्रमण पुष्टि भएपछि उपचारका लागि पाटन अस्पतालमा लगिएको थियो । उहाँहरु दुबैजना केही महिनाअघि बेलायत पुगेर नेपाल फर्केपछि घरमै सेल्फआइसोलेसनमा बस्नुभएको थियो ।
काठमाडौँ । नेपालमा थप दुई जनामा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमित सङ्ख्या ४७ पुगेको छ ।
उदयपुरका एक ५५ वर्षीय पुरुष तथा जनकपुरका १४ वर्षीय बालकमा थप कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभएको छ ।
निको हुनेको सङ्ख्या नौ
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित थप दुईजना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् । योसँगै कोरोना भाइरस निको हुनेको संख्या नौ पुगेको छ । काठमाडौँको सन सिटी अपार्टमेन्टमा बस्ने आमा, छोरा (८१ वर्षीया आमा र ५८ वर्षीय छोरा)लाई केही दिन अघि भाइरस संक्रमण पुष्टि भएपछि उपचारका लागि पाटन अस्पतालमा लगिएको थियो । उहाँहरु दुबैजना केही महिनाअघि बेलायत पुगेर नेपाल फर्केपछि घरमै सेल्फआइसोलेसनमा बस्नुभएको थियो ।