राजनीति

बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
-न्युजभित्तो

काठमाडौँ, १७ वैशाख । नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ११ हजार ६१२ मतका साथ निर्वाचित भएका हुन् । यसैगरी निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत...

इलाममा सुहाङको अग्रता ४ हजार पुग्दा
-न्युजभित्तो

इलाम, १७ वैशाख । इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङले ४ हजार मतको अग्रता लिएका छन् । पछिल्लो परिणाम अनुसार सुहाङको मत ११ हजार ६१९ पुगेको छ । यस्तै दोस्रो स्थानका लागि नेपाली कांग्रेसका डम्बर खड्का र पहिचानवादी उम्मेदवार...

इलाममा सुहाङ र डम्बरको मतान्तर ३३ सय नाघ्यो
-न्युजभित्तो

इलाम, १७ वैशाख । इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले ३३५७ मतान्तरले लिड गरेका छन् । पछिल्लो विवरणअनुसार एमालेका सुहाङ नेम्वाङ १०४१९ मतसहित अगाडि छन् भने कांग्रेसका डम्बर खड्काले ७०६२ मतले पछ्याइरहेका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार...

नारायणी तटबन्धको कार्य प्रगतिबारे रेनु दाहालद्वारा अनुगमन, ४० प्रतिशत काम सम्पन्न
-न्युजभित्तो

चितवन, १६ वैशाख । नारायणी तटबन्धको कार्य प्रगतिबारे भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहितको टोलीले निरीक्षण गरेको छ । वर्षात्को समय नजिक आएसँगै महानगरले तटबन्धनको निरीक्षणमा सक्रियता देखाएको हो । तटबन्धको पहिलो चरणको २० किलोमिटर मध्ये ८ किलोमिटरको काम सम्पन्न भइसकेको छ...

इलाम-२ प्रारम्भिक मतपरिणामः कांग्रेसका खड्कालाई नेम्वाङले पछ्याउँदै
-न्युजभित्तो

इलाम, १६ वैशाख । इलाम क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का अगाडि छन्। उनले एक हजार एक सय ४५ मत ल्याएका छन्। उनलाई नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले पछ्याइरहेका छन्। नेम्वाङले एक हजार ६३...

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्ः सभापति देउवा
-न्युजभित्तो

काठमाडौँ, १६ वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताउनुभएको छ । आजदेखि काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा उहाँले लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार विकास,...

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्ः प्रधानमन्त्री दाहाल
-न्युजभित्तो

काठमाडौँ, १६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गर्नुभएको छ । ‘नेपाल लगानी सम्मेलन २०२४’को आज यहाँ उद्घाटन गर्दै उहाँले नेपाल कानुनी, भौगोलिक एवं...

उपनिर्वाचन: इलाम–२ मा मतगणना सुरु
-न्युजभित्तो

काठमाडौं, १६ वैशाख । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत इलाम–२ मा मतगणना सुरु भएको छ । सर्वदलीय बैठक बसेर इलाम नगरपालिका–७ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना सुरु गरिएको हो । सो सिटी हलका दुई स्थानमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको...

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य बनिसकेको छ: अर्थमन्त्री पुन
-न्युजभित्तो

काठमाडौं, १६ वैशाख । अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको लागि आकर्षक गन्तव्य बनिसकेको बताएका छन् । तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको लागि आकर्षक गन्तव्य बनिसकेको बताएका हुन् । उनले नेपाललाई गन्तव्यको रूपमा...

देशभरका अशक्त र गरिब नागरिकलाई काठमाडौँ महानगरमार्फत निःशुल्क उपचार सेवा
-न्युजभित्तो

काठमाडौँ, १६ वैशाख । देशभरका अशक्त र गरिब नागरिकलाई काठमाडौँ महानगरपालिकाले निःशुल्क उपचारको सेवा प्रदान गर्ने भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशभरका अशक्त र गरिब नागरिकलाई महानगरले निः शुल्क सेवा प्रदान गर्ने बताएका हुन् । मेयर शाहले सामाजिक...