सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा ‘पुष्पलाल र आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी सम्पन्न


  •    न्युजभित्तो/७ श्रावण २०८१, सोमबार १६:५२ 
  • चितवन, ७ साउन । ४६ औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा चितवनमा ‘क। पुष्पलाल र आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।

    आज सोमबार नेकपा (एमाले) चितवनको आयोजनामा जिल्ला समन्वय समिति चितवनको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

    विचार गोष्ठीमा वक्ताहरुले वर्तमान समयमा पनि पुष्पलालको सान्दर्भिकता उत्तिकै रहेको बताए । कार्यक्रममा सूर्यप्रसाद शर्माले ‘पुष्पलाल र आजको सान्दर्भिकता’ विषयक कार्यपत्र प्रस्तुत गरे ।

    कार्यपत्रमा उति बेलादेखि नै पुष्पलालले नेपालमा प्रजातन्त्र स्थापना गर्न नेपाली काँग्रेस र नेकपा संयुक्तरुपमा अगाडि बढ्नुपर्छ भन्ने संयुक्त जनआन्दोलनको नीति अगाडि सार्नुभएको कुरा उल्लेख छ । विगतका इतिहासलाई हेर्दा पनि नेपाली काँग्रेस र नेकपा मिल्दा नै महत्वपूर्ण ऐतिहासिक परिवर्तन भएको कुरा कार्यपत्रमा उल्लेख छ । वर्तमानमा पनि नेपाली काँग्रेस र नेकपा एमाले मिल्दा नै संविधान बनेको कुरा पनि कार्यपत्रमा उल्लेख छ । अहिले संविधानको संसोधन एवम् सफल कार्यान्वयन गर्न पुनः नेपाली काँग्रेस र नेकपा एमाले मिल्नुले पनि पुष्पलालको त्यो नीति अझै सान्दर्भिक रहेको कुरा कार्यपत्रमा पुष्टि गरिएको छ । साथै पार्टीका आन्तरिक जीवन एवम् जनता र पार्टीबीचको सम्बन्ध स्थापना गर्नमा पनि पुष्पलालको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको लगायतका थुप्रै कुरा कार्यपत्रमा उल्लेख गरिएको छ ।

    कार्यपत्रमाथि रमाकान्त सापकोटा र हरि सापकोटाले टिप्पणी गरेका थिए । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्यहरु यम बहादुर परियार, प्रभा बराल, कपिल पोख्रेल, पोलिट ब्युरो सदस्य देवि ज्ञवालीले आफ्नो आफ्नो धारणा राखेका थिए ।

    नेकपा एमाले चितवनका सचिव प्रकाश ढुंगानाले सञ्चालन गरेको कार्यक्रम एमाले चितवनका कार्यवाहक अध्यक्ष श्याम कुमार विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा एमाले नेताहरु कृष्णभक्त पोखरेल, विजय सुवेदी लगायतका विभिन्न तहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम गरेर मनाउने गर्दछन् ।

    श्रेष्ठको नेतृत्वमा २००६ बैशाख १० गते भारतको कलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरबाट नेकपाको स्थापना भएको थियो ।

    नेकपा स्थापना गर्दा संस्थापक सदस्यमा मोतीदेवी श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी थिए । महासचिव पुष्पलाल आफै थिए ।

    वि।सं। १९८१ असार १५ गते जन्मिएका पुष्पलालको २०३५ साउन ७ मा ५४ वर्षको उमेरमा निधन भएको थियो । उनको भारतको गोविन्द पल्लव अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको शवलाई तत्कालीन सरकारले नेपाल ल्याउन नदिएपछि उतै दाहसंस्कार गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.