सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा एमाले पर्वत चितवन सम्पर्क समाज गठन


  •    न्युजभित्तो/९ श्रावण २०८१, बुधबार २१:०८ 
  • चितवन, ९ साउन । नेकपा (एमाले) पर्वत–चितवन सम्पर्क समाज भेला आयोजक कमिटी गठन गरिएको छ । एमाले चितवनको पार्टी कार्यालय भरतपुरमा आज सम्पन्न चितवनमा रहेका पर्वतेलीहरुको भेलाले ३१ सदस्यीय कमिटी गठन गरेको हो ।

    कमिटीको संयोजकमा महाशिला ५–भरतपुर ८ का नेत्रप्रसाद शर्मा, उपसंयोजकमा फेलेवास १०– रत्ननगरका काशिनाथ शर्मा र सदस्य सचिवमा फलेवास ७– भरतपुर ७ का देवेन्द्र पौडेल चयन हुनु भएको छ ।

    कमिटीको सदस्यहरुमा केशप्रसाद शर्मा, जयनारायण शर्मा, नेत्रप्रसाद लामिछाने, एकबहादुर जिसी, लक्ष्मी क्षेत्री, तुलसीप्रसाद शर्मा, लेखनाथ आचार्य, दिवाकर लामिछाने, रेशमलाल सुवेदी, सागरकुमार तिवारी रहनु भएको छ । यसैगरी सदस्यहरुमा प्रशान्त सुवेदी, कुमारी पराजुली, भगवती पौडेल, शेषकान्त अधिकारी, देवराज शर्मा, प्रेम क्षेत्री, तिलक अधिकारी, गोकर्ण कार्की, दिपेश भुषाल, आशिष सापकोटा, ओविदत्त पराजुली, लक्ष्मीप्रसाद उपाध्याय, देवी बस्याल, लिलावल्लव भुसाल, विजय विश्वकर्मा, प्रकाशचन्द्र रिजाल, इन्द्रकुमारी शर्मा र कमला शर्मा पौडेल रहनु भएको छ ।

    नेकपा (एमाले) जिल्ला कमिटी पर्वतले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै एमाले पोलिटब्यूरो सदस्य देवी ज्ञवालीले हिजो पर्वतमा रहँदा पार्टी काममा सक्रिय रहेका तर चितवन झरेपछि राजनीतिमा लुकेर बसेको ठूलो पंक्ति रहेको बताउनुभयो । यसरी लुकेर बसेकाहरुलाई पार्टीले जिम्मेवारी दिएर अगाडि ल्याउनु पर्ने ज्ञवालीले बताउनुभयो ।

    सम्पर्क समाजले पर्वतेलीहरु विभिन्न काम विशेषले चितवनमा आउँदा सहयोग गर्नुपर्ने बताउँदै दुई जिल्लाको पार्टी कामलाई प्रभावकारी बनाउन समाजले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

    एमालेको नेतृत्वमा पर्वतको विकासमा कायापलट भएको भन्दै उहाँले भौतिक पूर्वाधारको विकास हुँदाहुँदै पनि बसाईसराई नरोकिएको बताउनुभयो । उहाँले भन्नुभयो “रोजगारी, शिक्षा र स्वास्थ्यको प्रत्याभूति गरेर बसाईसराईलाई न्यूनिकरण गर्न सकिन्छ ।” उहाँले पर्वत जिल्ला कमिटीले जिल्ला जिल्लामा पुगेर समाज गठन गर्ने कार्यको सह्राना गर्नुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं पर्वतका सांसद पदम गिरीले भेलालाई सम्बोधन गर्दै नाभी गाडेको ठाउँ नभुल्न चितवनमा रहेका पर्वतेलीहरुलाई आग्रह गर्नुभयो । विगतमा पार्टीले आव्हान गरेको आन्दोलनमा योगदान दिएका साथीहरु अहिले चितवनमा आएर यसै बस्न नपाउने भन्दै उहाँले जहाँ रहेर पनि पार्टीलाई योगदान दिन सकिने बताउनुभयो ।

    समृद्धि र सुशासनमा सोचे जति सफलता पाउन नसकिएको भन्दै उहाँले अब गाउँ फर्किने दिन आउँने गरी काम हुने बताउनुभो । उहाँले विगत २५ वर्षको अवधिमा देशलाई विभिन्न समस्याले अघि बढ्ने बाधा पु¥याएको भन्दै भन्नुभयो “१० वर्षको द्वन्द्व, महाभूकम्प, नाकाबन्दी, कोभिड, आर्थिक संकटले विकास पछाडि प¥यो ।”

    दुई ठूला दल मिलेर सरकार बनाएसँगै नयाँ उर्जा र विश्वास जागेको भन्दै गिरीले अब निराश हुनु नपर्ने गरी काम हुने बताउनुभयो । उहाँले भन्नुभयो “एकाध वर्षमा इतिहास रच्ने र जनताले अनुभूति गर्ने गरी काम हुन्छ ।”

    कार्यक्रमका सभापति एवं पर्वत जिल्ला कमिटी अध्यक्ष गोविन्द पहाडीले कार्यक्रममाथि प्रकाश पार्दै भौगोलिक विभाजनले भावनात्मक सम्बन्धमा विभाजन हुन नसक्ने बताउनुभयो । उहाँले धेरै विचारहरुको बीचबाट राम्रो विचार संकलन गरेर पर्वत पार्टी निर्माणमा जोड्न चाहेको भन्दै भन्नुभयो “तपाईहरुको ज्ञान, सीप र क्षमता पर्वतको विकास र पार्टी निर्माणमका लगाउन चाहन्छौं ।”

    कार्यक्रममा एमालेबाट पर्वतका विभिन्न पालिकामा निर्वाचित जनप्रतिनिधिहरुले आफूहरुले गरेका कामका बारेमा प्रकाश पार्नुभएको थियो । सो अवसरमा शिक्षाविद् रमाकान्त सापकोटा, एमाले गण्डकी प्रदेश कमिटी सदस्य शान्ता पौडेल, प्रदेश कमिटी सदस्य एवं प्रदेश सभा सदस्य मित्रलाल बस्याल, एमाले चितवनका कार्यवाहक अध्यक्ष श्यामकुमार बिष्ट, एमाले चितवनका उपसचिव ज्वाला पुरी, महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी भुषाल, बिहादी गाउँपालिका उपाध्यक्ष मिना तिवारी लगायतले बोल्नु भएको थियो ।

    पर्वत जिल्ला कमिटी सचिव सुवासचन्द्र पौडेलले सञ्चालन गर्नुभएका कार्यक्रममा पर्वतबाट चितवन आई विभिन्न पेशा, व्यवसायमा संलग्न महानुभावहरुको ठूलो संख्यामा उपस्थिति थियो ।

    सचिव पौडेलले “जहाँ पार्टीका समर्थक, शुभचिन्तक तथा सदस्य त्यहाँ पार्टी काम” भन्ने नाराका साथ विभिन्न जिल्लामा कार्यक्रम गर्न लागिएको बताउनुभयो । उहाँले साउन १० गते नवलपुर क्षेत्रको कावासोती स्थित नेकपा (एमाले) पार्टी कार्यालयमा र साउन ११ गते बुटवल क्षेत्रको सुख्खा नगर स्थित नेकपा (एमाले) पार्टी कार्यालयमा यस्तै कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिसाली मेलामा रमाउँदै यासोक
    सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    • लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.