सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा रहेका एमाले निकट पर्वतेहरुको भेला साउन ९ गते


  •    न्युजभित्तो/८ श्रावण २०८१, मंगलवार १६:११ 
  • चितवन, ८ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट रहेर पर्वत जिल्लाबाट चितवनमा आई बसोबास गर्नेहरुको भेला यही साउन ९ गते हुने भएको छ । नेकपा (एमाले) चितवनको पार्टी कार्यालय भरतपुरमा बिहान ११ बजे भेला हुन लागेको हो ।

    नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीका अनुसार “जहाँ पार्टीका समर्थक, शुभचिन्तक तथा सदस्य त्यहाँ पार्टी काम” भन्ने नाराका साथ कार्यक्रम गर्न लागिएको हो । पर्वत जिल्लाबाट चितवनमा आएर विभिन्न पेशा, व्यवसाय गरी बस्नु भएका नेकपा (एमाले) का शुभचिन्तक, समर्थक तथा पार्टी सदस्यहरुको भेला गर्न लागिएको उहाँले बताउनुभयो । भेलाले तदर्थ समिति गठन गर्ने छ ।

    जिल्ला बाहिर रहेर पनि पार्टीप्रति शुभेच्छा राख्नुहुनेहरुलाई पार्टी काममा जोड्नका लागि भेला फलदायी हुने विश्वास लिईएको छ ।

    नेकपा एमाले पोलिटब्यूरो सदस्य देवी ज्ञवाली, पूर्व मन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य माननीय पदम गिरी, पर्वत जिल्ला अध्यक्ष गोविन्द पहाडी सहितका नेताहरु भेलामा सहभागी हुनुहुनेछ ।

    यसैगरी साउन १० गते नवलपुर क्षेत्रको कावासोती स्थित नेकपा (एमाले) पार्टी कार्यालयमा र साउन ११ गते बुटवल क्षेत्रको सुख्खा नगर स्थित नेकपा (एमाले) पार्टी कार्यालयमा यस्तै कार्यक्रम आयोजना गरिएको अध्यक्ष पहाडीले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.