चितवनमा रहेका एमाले निकट पर्वतेहरुको भेला साउन ९ गते
न्युजभित्तो/८ श्रावण २०८१, मंगलवार १६:११
चितवन, ८ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट रहेर पर्वत जिल्लाबाट चितवनमा आई बसोबास गर्नेहरुको भेला यही साउन ९ गते हुने भएको छ । नेकपा (एमाले) चितवनको पार्टी कार्यालय भरतपुरमा बिहान ११ बजे भेला हुन लागेको हो ।
नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीका अनुसार “जहाँ पार्टीका समर्थक, शुभचिन्तक तथा सदस्य त्यहाँ पार्टी काम” भन्ने नाराका साथ कार्यक्रम गर्न लागिएको हो । पर्वत जिल्लाबाट चितवनमा आएर विभिन्न पेशा, व्यवसाय गरी बस्नु भएका नेकपा (एमाले) का शुभचिन्तक, समर्थक तथा पार्टी सदस्यहरुको भेला गर्न लागिएको उहाँले बताउनुभयो । भेलाले तदर्थ समिति गठन गर्ने छ ।
जिल्ला बाहिर रहेर पनि पार्टीप्रति शुभेच्छा राख्नुहुनेहरुलाई पार्टी काममा जोड्नका लागि भेला फलदायी हुने विश्वास लिईएको छ ।
नेकपा एमाले पोलिटब्यूरो सदस्य देवी ज्ञवाली, पूर्व मन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य माननीय पदम गिरी, पर्वत जिल्ला अध्यक्ष गोविन्द पहाडी सहितका नेताहरु भेलामा सहभागी हुनुहुनेछ ।
यसैगरी साउन १० गते नवलपुर क्षेत्रको कावासोती स्थित नेकपा (एमाले) पार्टी कार्यालयमा र साउन ११ गते बुटवल क्षेत्रको सुख्खा नगर स्थित नेकपा (एमाले) पार्टी कार्यालयमा यस्तै कार्यक्रम आयोजना गरिएको अध्यक्ष पहाडीले जानकारी दिनुभयो ।