बागमतीमा कांग्रेस र एमालेबीच सहमतिः २०/२० महिना मुख्यमन्त्री हुने
न्युजभित्तो/८ श्रावण २०८१, मंगलवार १२:५७
हेटौंडा, ८ साउन । बागमतीमा नेपाली कांग्रेस र नेकपा एमालेबीच २०र२० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ । कांग्रेस प्रमुख सचेतक गोविन्द लम्सालक अनुसार मंगलबार कांग्रेस र एमाले नेताहरुबीच प्रदेशसभाको बाँकी अवधिमा दुई दलले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको हो।
उनका अनुसार प्रदेशसभाको अवधि अब ४१ महिना रहेको छ । कांग्रेस र एमालेबीच २०र२० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।
बागमतीमा पहिलो चरणमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्री बन्नेछन् । कांग्रेस नेता लामा र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाबीच भएको नयाँ सहमति अनुसार आर्थिक मामिला मन्त्रालय कांग्रेसले लिनेछ भने एमालेले भौतिक पूर्वाधार मन्त्रालय लिनेछ ।
यसअघि मंगलबार बिहान एमालेले आर्थिक मामिला र कांग्रेसले भौतिक पूर्वाधार मन्त्रालय लिने सहमति भएको थियो ।
हेटौंडा, ८ साउन । बागमतीमा नेपाली कांग्रेस र नेकपा एमालेबीच २०र२० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
कांग्रेस प्रमुख सचेतक गोविन्द लम्सालक अनुसार मंगलबार कांग्रेस र एमाले नेताहरुबीच प्रदेशसभाको बाँकी अवधिमा दुई दलले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको हो।