अर्थ / बाणिज्य

रत्ननगर नगरपालिकाको बजेट एक अर्ब ५ करोड ३२ लाख

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि एक अर्ब ५ करोड ३२ लाख रुपैयाँ बरावरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको मंगलवार सुरु भएको पाँचौ नगर सभाले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको हो ।...

भरतपुर महानगरको आगामी आर्थिक वर्षको बजेट ३ अर्ब ३७ करोड ३१ लाख (पूर्ण विवरणसहित)

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि तीन अर्ब ३७ करोड ३१ लाख १७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । महानगरका उपप्रमुख पार्वती शाह ठकुरीले आज आयोजित चौथो नगर सभामा आगामी आर्थिक वर्षको आय–व्यय विवरण पेश गर्नुभएको...

कालिकाकोे नीति तथा कार्यक्रम सार्वजनिक : सिद्धिमा गरिबलाई एक सय आवास निर्माण गरिने

चितवन । जिल्लाको कालिका नगरपालिकाले गरिबलाई घर निर्माण लगायतका योजना सहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । बुधवार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा गरीबलाई घर दिन मेयर आवास कार्यक्रम ल्याइएको छ । नीति तथा...

पाईपबाट पेट्रोलियम पदार्थ आयात हुने, पाइपलाइन ओछ्याउने काम सम्पन्न

–वीरेन्द्र कर्ण वीरगञ्ज । नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भएको छ । नेपालको लाइफ लाइनका रुपमा रहेको भारतको मोतीहारीदेखि अमलेखगञ्जसम्म ७० दशमलव २ किलोमिटर लम्बाइको सो पाइपलाइन बिछ्याउने...

प्रदेश ३ को ४७ अर्ब ६० करोडको बजेट

हेटौंडा । प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षका लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ । कुल नियोजित बजेटमध्ये चालु खर्चतर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार अर्थात् ५१.३९ प्रतिशत बजेट...

ढल्केबरमा निर्माण हुँदै देशकै ठूलो सवस्टेशन, पुसभित्र सकिँदै

–रमेश लम्साल काठमाडौँ । विद्युत् निर्यात तथा आयातलाई सहज बनाउने लक्ष्यका साथ सरकारले देशभित्र हालसम्मकै ठूलो क्षमताको सवस्टेशन निर्माण गरिरहेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार धनुषाको ढल्केबरमा निर्माणाधीन अवस्थामा रहेको ४०० केभी क्षमताको सो सवस्टेशन आगामी पुसभित्र निर्माण सम्पन्न...

कालिका नगरपालिकाले दियो २० चेपाङलाई रोजगार

मुग्लिन । चितवनको कालिका नगरपालिकाले २० चेपाङलाई रोजगार प्रदान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत उक्त नगरपालिकाले वडा नं ११ को दाबलिङका चेपाङ युवालाई आजदेखि सडक निर्माणको कामको जिम्मा दिएको हो । एसएलसी दिएपछि पाँच वर्षअघिदेखि आफू बेरोजगार भएर...

कृत्रिमरूपमा बजेटको आकार ठूलो : पूर्वअर्थमन्त्री डा. महत

चितवन । पूर्वअर्थमन्त्री डा रामशरण महतले कृत्रिमरूपमा बजेटको आकार ठूलो पारिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उहाँले ऋण लिएर बजेटको आकार बढाइएको बताउनुभयो । एक तिहाइ हिस्सा ऋणका आधारमा रकम जम्मा गर्नेगरी ल्याइएको बजेटले...

उद्योग र व्यवसायीको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री थापा

रत्ननगर । गृहमन्त्री रामबहादुर थापाले उद्योग र व्यवसायीको सुरक्षा सरकारले गर्ने बताउनु भएको छ । रत्ननगर नगरपालिकाले शुक्रबार रत्ननगरमा आयोजना गरेको बृत्ती परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उहाँले व्यवसायीहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “सरकारले...

आगामी आवमा पाँच प्रतिशतभन्दा कम मूल्यवृद्धि : अर्थमन्त्री खतिवडा

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षमा पाँच प्रतिशतभन्दा कम मूल्यवृद्धि हुने बताउनुभएको छ । आर्थिक वर्ष २०७६/७७ को राजश्व र व्ययको आर्थिक अनुमान (बजेट) माथिको सामान्य छलफलका क्रममा राष्ट्रियसभाका सांसदहरुले उठाउनुभएको विषयको जवाफ दिनुहँुदै उहाँले नेपाल...