सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आयल निगमले सञ्चालनमा नआएका ५० ग्यास उद्योगको अनुमति खारेज गर्यो


  •    न्युजभित्तो/७ बैशाख २०७७, आईतवार १०:२० 
  • काठमाडौँ । नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालन गर्न अनुमति लिएर सञ्चालनमा नआएका ५० उद्योगको अनुमति खारेज गरेको छ । ग्यास उद्योग सञ्चालन गर्न अनुमति लिने तर उद्योग निर्माण नगर्ने, अनुमतिपत्र खरिद विक्रि गर्ने प्रवृत्तिको अन्त्य गर्न निगमले ती उद्योगको अनुमति खारेज गरेको हो ।

    उद्योग विभागमा ग्यास उद्योग दर्ताका लागि निवेदन दिने र उद्योग विभागबाट निगमसँग राय प्रतिक्रिया माग गरेपश्चात सम्पर्कविहीन हुने परिपाटी बढेसँगै एलपी ग्यास उद्योग सङ्घको व्यवस्थापनमा समस्या देखिएपछि ती उद्योगको अनुमति खारेज गरिएको निगमले जनाएको छ । यसबीचमा कूल ५३ उद्योगले एलपी ग्यास बिक्री गर्न अनुमति मागेका थिए ।

    निगमले अनुमति पाएका उद्योगलाई तत्काल सञ्चालनमा आउन तीनपटक सूचित गराएको थियो । पटकपटक सूचित गराउँदा पनि ती उद्योग सम्पर्कमा नआएको निगमले जनाएको छ । निगमबाट उद्योग सञ्चालनका लागि सैद्धान्तिक सहमति लिएका तर सञ्चालनमा नआएका केही उद्योग यसअघि नै खारेजीमा परिसकेका छन् । खारेजी गरिएकामा केही शाखा उद्योग पनि रहेका छन् ।

    खारेजीमा परेका उद्योगमा सुदूरपश्चिम एलपी ग्यास उद्याग, पूर्वेली ग्यास, बर्दिवास इन्भेष्टमेन्ट मल्टिप्रपोज, एचएच कम्पनी, वर्षा ग्यास, जेपी ग्यास, एशियन ग्यास, एक्सप्रेस ग्यास, शिवशक्ति ग्यास, नीलकण्ठ ग्यास, सप्तकोशी ग्यास, हरि ग्यास, कमला ग्यास, दक्षिणकाली ग्यास, सिद्धबाबा ग्यास, मातारानी ग्यास, पञ्चलक्ष्मी ग्यास, विरता ग्यास, विकल्प ग्यास, बुहारी ग्यास, स्मार्ट ग्याँस, केदार ग्यास, पूजा ग्यास, सगुन ग्यास र कञ्चनजङ्गा ग्यास रहेका छन् ।

    यसैगरी सरस्वती ग्यास, आरके ग्यास, श्याम ग्यास, श्रीमाया ग्यास, जयश्री तिरुपति ग्यास, पञ्चकोशी ग्यास, बुद्ध इन्डष्ट्रिज, आदित्य ग्यास, गणेश ग्यास, तिलौराकोट ग्यास, ग्रीन ग्यास, बागेश्वरी ग्यास, सान्भी ग्यास, गौरीशङ्कर ग्यास (शाखा), हिमालयन पेट्रो केमिकल्स (शाखा), कोशी ग्यास (शाखा), लुम्बिनी ग्यास (शाखा), नारायणी ग्यास (शाखा), नेपाल ग्यास (शाखा), नोबेल ग्यास (शाखा), राजधानी ग्यास (शाखा), सहारा ग्यास (शाखा), सुगम ग्यास (शाखा), भेरी ग्यास (शाखा), र नेपाल ग्यास उद्योग (नारायणी) प्रालि (शाखा) पनि खारेजीमा परेका छन् ।

    नयाँ तीन उद्योगलाई पिडिओ अनुमति
    अनुमति लिई सञ्चालनमा आएका तीन उद्योगलाई निगमले प्रोडक्ट डेलिभरी अर्डर (पिडीओ) अनुमति दिएको छ । कैलालीको अत्तरियामा रहेको सैपाल ग्यास, नवलपरासीमा रहेको सगरमाथा ग्यास (शाखा) र धादिङमा रहेको सीता ग्यास उद्योगलाई पिडिओ प्राप्तिका लागि अनुमति दिइएको निगमले जनाएको छ ।

    यी तीन उद्योगले निर्माण सम्पन्न गरी कारोबारका लागि स्वीकृति दिन निगमसमक्ष अनुरोध गरेका थिए । नयाँ तीन उद्योगले अनुमति पाएसँगै नेपालमा एलपी ग्यासको कारोबार गर्ने उद्योगको सङ्ख्या ६२ पुगेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो
    • अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’!

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.