सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दीपज्योति सहकारीले व्याजमा १० प्रतिशत छुट दिने


  •    न्युजभित्तो/२५ चैत्र २०७६, मंगलवार १४:०० 
  • चितवन । दीपज्योति अभिबृद्धि बचत तथा ऋण सहकारी संस्था भरतपुले चैत्र मसान्तमा व्याज बुझाउने सदस्यहरुलाई व्याजको १० प्रतिशत छुट दिने भएको छ । सरकारले बैंकहरुलाई छुट दिन भनेपछि सहकारीले पनि सोही अनुसारको छुट दिने भएको हो ।

    सहकारीका अध्यक्ष भोला शिवाकोटीले लकडाउनको अवस्थामा किस्ता र व्याज तिर्न दवाव नदिईने तर व्याज तिर्नेलाई व्याजको १० प्रतिशत छुट दिने निर्णय गरिएको बताउनुभयो । उहाँले कार्यालय पूर्ण समय सञ्चालन नभए पनि शेयर सदस्यहरुको कुनै पनि समस्या नहुने गरी व्यवस्था मिलाईएको जानकारी दिनुभयो ।

    सहकारीमा ३ हजार ३१३ सदस्य रहेका छन् । सहकारीका प्रमुख कार्यकारी प्रबन्धक उमेश पौडेलका अनुसार सहकारीमा निक्षेप ३४ करोड र शेयर पूँजी ५ करोड २३ लाख रहेको छ । सहकारीका ८०५ जना सदस्यलाई ३४ करोड रुपैयाँ लगानी गरिएको उहाँले जानकारी दिनुभयो ।

    भरतपुरको वाईपास रोडमा मुख्य कार्यालय रहेको यस सहकारीले भरतपुर १० को पुरानो सिनर्जी रोड, भरतपुर ११ को गोर्खाली टोल र टाँडीको भानुचोकबाट सेवा दिंदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.