सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निःशुल्क खाना खुवाउँदै चितवनका युवा उद्यमी


  •    न्युजभित्तो/२९ चैत्र २०७६, शनिबार २०:४२ 
  • चितवन । लामो समय लकडाउन भएपछि आ­आफ्नो गन्तव्यमा पैदल हिँडेका सर्वसाधारणलाई लक्षित गर्दै यहाँका युवा उद्यमीले निःशुल्क खाना खुवाउन थालेका छन् । नेपाली युवा उद्यमी मञ्चले गत आइतबारदेखि नारायणगढको पुल्चोकमा यसरी खाना खुवाउन थालेको हो ।

    अभियानका संयोजक कृष्ण सापकोटाका अनुसार हालसम्म एक हजार ४७५ जनालाई खाना खुवाइसकिएको छ । सापकोटाकै नारायणगढमा रहेको वैष्णव मिष्ठान्न भण्डारको भान्सामा खाना बनाएर प्याकिङ गरेर खाना खुवाइँदै आएको छ ।

    पुल्चोकसँगै चितवन मेडिकल कलेजका बिरामी कुरुवा, चौबिसकोठी, आँपटारी, गैँडाकोटलगायतका क्षेत्रमा खानाको अभाव भोगिरहेकालाई खाना खुवाइएको छ ।

    मञ्चका अध्यक्ष दाताराम घिमिरेका अनुसार बिहान, बेलुका दाल, भात, तरकारी र दिउँसो बिरियानी खुवाइँदै आइएको छ । साथमा एक बोतल पानी उपलब्ध गराइएको छ । घिमिरेको भनाइमा सबैभन्दा टाढाको यात्रा झापाबाट बर्दियाका लागि आएका पैदलयात्रीले खाना खाएका छन् ।

    यस्तै राजधानीबाट विभिन्न जिल्ला जान आउने रहेका छन् । सबैभन्दा बढी बर्दिया जान हिँडेका रहेको घिमिरेले जानकारी दिए । घिमिरेले भने, “यस क्षेत्रमा भोकभोकै कोही तड्पिनु पर्दैन हामी छौँ ।”

    मञ्चको आफ्नो सङ्कलित रकमबाट खाना खुवाइएको छ । एक जनालाई रु १२५ बराबरको खाना खुवाइँदै आइएको छ । मञ्चमा ५० जना युवा उद्यमी छन् ।

    पुल्चोकमै व्यवसाय गर्नुहुने समाजसेवी राम श्रेष्ठले मञ्च धेरैको साहारा बनेको बताउनुभयो । यस बेलामा आउने जाने जो कोही भोकभोकै हिँड्नु नपरेको उनले बताए ।

    मञ्चका देशभरमा सातवटा शाखा छन् । मञ्चका केन्द्रीय अध्यक्ष निकोलश पाण्डेले अहिलेको सङ्कटका अवस्थामा सबैले आआफ्नो ठाउँबाट सहयोग पु¥याउनुपर्ने बताए ।

    केन्द्रीय समितिले नेपाल सरकारको राहत कोषमा रकम जम्मा गर्न गृहकार्य गरिरहेको उनले जानकारी दिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.