सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बैंकहरुमा विद्युतीय कारोवार बढ्यो


  •    न्युजभित्तो/२७ चैत्र २०७६, बिहीबार १८:४४ 
  • काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेको ‘लकडाउन’को समयमा बैंकहरुमा विद्युतीय कारोवार गर्नेक्रम बढेर गएको पाइएको छ ।

    नेपाल क्लियरिङ हाउस लिमिटेडका अनुसार लकडाउनको दोस्रो सातामा रु ३५ अर्ब ६० करोड बराबरको विद्युतीय कारोवारको फछ्र्यौट गरेको छ । जबकी पहिलो सातामा रु १८ अर्ब ६० करोड बराबरको कारोवारको फछ्र्यौट गरेको थियो । पहिलो साताको तुलनामा झण्डै दोब्बरले विद्युतीय कारोवारको फछ्र्यौट गरिएको हो ।

    लिमिटेडले हाल एनएचसिएल–इसिसी, एनसिएचएल–आइपिएस, कनेक्ट आइपिएस, कनेक्ट आरटिजीएस र एनपीआइ गरी पाँच वटा राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ । त्यसमा नेपाल राष्ट्र बैंकलगायत प्राय सबै बैंक वित्तीय संस्था आबद्ध छन् । सञ्चालनमा रहेका प्रणालीमध्ये इलेक्ट्रोनिक चेक क्लियरिङ (एनसिएचएल–इसिसी) र अन्तर बैंक भुक्तानी प्रणाली (एनसिएचएल–आइपिएस)मा आजदेखि लकडाउनपूर्वको अवस्थाबमोजिमको समयसम्म क्लियरिङ गर्ने व्यवस्था गरिएको छ ।

    एनएचसिएल–इसिसीको नियमितरुपमा दिनको एक बजेर ३० मिनेटसम्म जम्मा गरिएका चेक र एनसिएचएल–आइपिएसमा दिनको १ बजेसम्म प्राप्त भएका भुक्तानी आदेश सोही दिनमा फछ्र्यौट हुने व्यवस्था गरिएको छ । सो समयसीमापछि प्रणालीमा आएका कारोवार अर्को दिनमा फछ्र्यौट हुने व्यवस्था रहेको छ ।

    एनसिएचएलको कनेक्ट आइपिएसबाट भने साविकबमोजिम चौबिसै घण्टा यसको मोबाइल एप्स, वेबसाइट अथवा बैंक वित्तीय संस्थाका मोबाइल र इन्टरनेट बैंकिङबाट कारोवार गर्न सकिने लिमिटेडले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.