अन्तर्राष्ट्रिय

कोरोना भाइरस : अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ४० हजार नाघ्यो, साढे सात लाखभन्दा बढी सङ्क्रमित
-न्युजभित्तो

न्यूयोर्क । अमेरिकामा विभिन्न राज्यका गभर्नरहरूमाथि प्रतिबन्धात्मक व्यवस्था खुकुलो पार्ने दबाव बढिरहेका बेला कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या ४० हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ सङ्क्रमित हुनेहरूको सङ्ख्या साढे सात लाखभन्दा बढी छ। पछिल्लो विवरणअनुसार अमेरिकामा कोरोनाभाइरसबाट...

डब्लुएचओलाई युरोपेली कुटनीतिज्ञको बलियो समर्थन
-न्युजभित्तो

ब्रसेल्स । युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोर्रेलले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई आफुहरूको तर्फबाट बलियो समर्थन रहेको बताउनुभएको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससँग बिहीबार भएको टेलिफोन कुराकानीका क्रममा बोर्रेलले डब्लुएचओलाई समर्थन रहेको जानकारी दिनुभएको हो...

महामारीले उत्कर्ष पार गरिसकेकाले देशलाई छिट्टै खुला गरिने डोनल्ड ट्रम्पको भनाइ
-न्युजभित्तो

न्यूयोर्क । कोरोनाभाइरसको महामारी फैलिरहेको बेला प्रतिबन्धहरू छिट्टै खुकुलो पारिने बताएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसबाट उत्पन्न हुने खतराबारे विभिन्न प्रश्न सामना गर्नुपरेको छ। देशलाई बन्द राखिरहँदा पनि मानिसहरूको ज्यान गएको ट्रम्पको तर्क थियो। राष्ट्रपतिले राज्यका गभर्नरहरूसँग छलफल गरेर उनीहरूले...

कोभिड–१९ : सङ्क्रमितको सङ्ख्या बीस लाख नाघ्यो, सङ्क्रमित ३१ प्रतिशत अमेरिकन
-न्युजभित्तो

काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोनाभाइरस) बाट बीस लाख भन्दा बढी मानिस सङ्क्रमित भएका छन् । पछिल्लो अद्यावधिक गरिएको विवरण अनुसार कोरोनाबाट विश्वमा बीस लाख सात सय २८ मानिस सङ्क्रमित भएका छन् । वल्डवमिटरले सार्वजनिक गरेको पछिल्लो अपडेटअनुसार...

चीनको पक्ष लिएको आरोप लगाउँदै अमेरिकाद्वारा डब्ल्यूएचओलाई दिँदै आएको सहयोग रोक्का
-न्युजभित्तो

न्यूयोर्क । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएको बताएका छन् । कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको घटनालाई लिएर कदम चाल्ने सन्दर्भमा न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको उनको आरोप छ। चीनमा...

भारतमा ३ मे सम्मका लागि थपियो ‘लकडाउन’
-न्युजभित्तो

काठमाडौं । भारतमा कोरानाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि लकडाउनको अवधि ३ मे सम्मका लागि थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीलाई सम्बोधनको क्रममा लकडाउनको म्याद १८ दिन थप गरिएको बताउनुभएको हो । कोरोनाभाइरस संक्रमणको अवस्था मूल्याङ्कन गरी २० अप्रिलदेखि...

बेलायती प्रधानमन्त्री जोनसन उपचारपछि अस्पतालबाट फिर्ता
-न्युजभित्तो

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन उपचारपछि अस्पतालबाट प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार फिर्ता हुनुभएको प्रधानमन्त्रीको कार्यालय (डाउनिङ स्ट्रिट) का प्रवक्ताले बताउनुभएको छ । करिब दुई सात पहिले कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि जोनसनले सरकारी निवासमा नै एकान्तमा बसेर उपचार गराउनु...

कोभिड–१९ : अमेरिकामा पाँच लाख भन्दा बढी मानिस सङ्क्रमित, झण्डै ३० प्रतिशत सङ्क्रमित अमेरिकाका
-न्युजभित्तो

काठमाडौँ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट संयुक्त राज्य अमेरिकामा मात्रै पाँच लाख भन्दा बढी मानिस सङ्क्रमित भएका छन् । वल्डवमिटरले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अमेरिकामा कोभिड–१९ बाट पाँच लाख दुई हजार आठ सय ७६ मानिस सङ्क्रमित...

कोभिड–१९ : मृत्यु हुनेको सङ्ख्या एक लाख दुई हजार नाघ्यो, झण्डै १७ लाख सङ्क्रमित (अपडेट)
-न्युजभित्तो

काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोनाभाइरस) बाट पछिल्लो अपडेटअनुसार एक लाख दुई हजार सात सय ३४ जनाको मृत्यु भएको छ । यो आज विहान १० बजेसम्मको तथ्याङ्क हो । तीन लाख ७६ हजार तीन सय तीस जना...

कोरोनाको उपचारमा मलेरियाको औषधिको परीक्षण शुरु
-न्युजभित्तो

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) ले बिहीबार मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्विनलाई कोरोनाभाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको घोषणा गरेको छ । एनआईएच अमेरिकाको मेडिकल अनुसन्धान संस्था हो । दी हिलमा छापिएको एक...