सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना भाइरसका कारण अमेरिकाको अर्थतन्त्रमा दशकयताकै ठूलो सङ्कुचन


  •    न्युजभित्तो/१८ बैशाख २०७७, बिहीबार ०९:२५ 
  • काठमाडौं । यस वर्षको पहिलो तीन महिनाको तथ्याङ्क अनुसार अमेरिकाको अर्थतन्त्रमा एक दशकयताकै सबैभन्दा गम्भीर सङ्कुचन देखा परेको छ। कोरोना भाइरसको सङ्क्रमण फैलन नदिनका लागि लकडाउन लगाइएपछि अर्थतन्त्रमा यस्तो सङ्कुचन पैदा भएको हो।

    बुधवार सार्वजनिक गरिएको विवरणका अनुसार विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रमा ४ दशमलव ८ प्रतिशतको वार्षिक गिरावट आउने देखिएको छ। यसले सन् २०१४ पश्चात् पहिलो पटक ठूलो आर्थिक सङ्कुचनलाई देखाएको छ र कीर्तिमानी बिस्तारलाई समाप्त पारिदिएको छ। तर मार्चमा पूर्णरूपमा प्रतिबन्धहरू नलगाइएकाले यो तथ्याङ्कले सङ्कटको सङ्केत मात्र गर्छ।

    अमेरिकी केन्द्रीय ब्याङ्कका नीति निर्माताहरूले बुधवार कोरोना भाइरस महामारी अमेरिका तथा विश्वको गम्भीर मानवीय र आर्थिक कठिनाइको कारक बनेको बताएका छन् । अमेरिकाले थप व्ययभारका लागि करिब तीन ट्रिलियन डलर खर्चिने भएको छ। त्यसमा धेरै परिवारलाई प्रत्यक्ष रूपमा दिइने नगद पनि सामेल छ।

    फेडेरल रिजर्भले सङ्कटकालीन कदमहरूको पनि जानकारी दिएको छ। त्यसमा ब्याजदरलाई शून्यको नजिक पुर्‍याउने लगायतका कदमहरू छन्। फेडेरल रिजर्भका अध्यक्ष जेरोम पाउलले बुधवार ब्याङ्कले चालेका नयाँ कदमहरू अर्थतन्त्र आफ्नो गतिमा नआउन्जेल जारी रहने बताए। उनले अहिलेको सङ्कट निकै तीव्र र गहिरो हुनसक्ने चेतावनी पनि दिए।

    एउटा अनलाइन पत्रकार सम्मेलनमा उनले थप कदमहरू चाल्नुपर्ने आवश्यकता रहेको पनि बताए। मार्च मध्ययता अमेरिकामा २ करोड ६० लाख मानिसहरूले बेरोजगार भएको भन्दै सहायताका लागि आवेदन दिइसकेका छन्।

    बीबीसीका अनुसार अमेरिकामा अहिले ऐतिहासिक रूपमा व्यापार र उपभोक्ताको आत्मविश्वासमा कमी देखिएको छ। कोरोना भाइरसका कारण चीनमा पनि अर्थतन्त्रमा निकै गिरावट देखिएको छ।

    यो वर्षको पहिलो तीन महिनामा त्यहाँको अर्थतन्त्रमा ६ दशमलव ८ प्रतिशतले गिरावट देखिएको छ। जुन सन् १९९२ यताकै सबैभन्दा उच्च गिरावट हो। उता, जर्मनीले पनि यस वर्ष ६ दशमलव ३ प्रतिशतको गिरावट आउने बुधवार बताएको छ। चक्रपथ डटकमबाट

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.