सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महामारीले उत्कर्ष पार गरिसकेकाले देशलाई छिट्टै खुला गरिने डोनल्ड ट्रम्पको भनाइ


  •    न्युजभित्तो/४ बैशाख २०७७, बिहीबार १०:३२ 
  • न्यूयोर्क । कोरोनाभाइरसको महामारी फैलिरहेको बेला प्रतिबन्धहरू छिट्टै खुकुलो पारिने बताएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसबाट उत्पन्न हुने खतराबारे विभिन्न प्रश्न सामना गर्नुपरेको छ। देशलाई बन्द राखिरहँदा पनि मानिसहरूको ज्यान गएको ट्रम्पको तर्क थियो।

    राष्ट्रपतिले राज्यका गभर्नरहरूसँग छलफल गरेर उनीहरूले उपयुक्त ठानेका समयमा प्रतिबन्धहरू खुला गर्ने प्रक्रिया सुरु गरिने बताए। अहिले सबै अमेरिकी राज्यमा सङ्कटकाल लगाइएको छ र अधिकांश मानिसहरू घरभित्रै रहनुपर्ने परिस्थितिले त्यहाँ बेरोजगारहरूको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक भएको छ।

    मतभेद
    प्रतिबन्ध खुकुलो पार्दै दैनिक काम पुनः सञ्चालन गर्ने समयबारे गभर्नरहरूसँग ट्रम्पको गम्भीर मतभेद छ। तर बिहीवार ट्रम्प प्रशासनले कतिपय राज्य खुलाउनेबारे नयाँ निर्देशिका जारी गर्ने जनाएको छ। त्यसलाई राष्ट्रपतिले ‘त्यो निकै रोमाञ्चक’ भनेका छन्।

    राष्ट्रपति ट्रम्पले मानसिक स्वास्थ्य निकै चिन्ताको विषय भएको र आत्महत्यासम्बन्धी हटलाइन सेवामा सेवाग्राहीको भार थामिनसक्नु भएको बताएका छन्।आय ठप्प भएका बेला अहिले लागुपदार्थ दुर्व्यसनी पनि अझ ठूलो समस्याको रूपमा देखा परेको उनले बताए।

    एक प्रतिशत जनसङ्ख्यामा परीक्षण

    अमेरिकाले अहिलेसम्म झन्डै ३३ लाख जनामा कोभिड–१९ को जाँच गरेको जनाएको छ जुन त्यहाँको कुल जनसङ्ख्याको झन्डै एक प्रतिशत हो । तर बुधबार लगातार दोस्रो दिन कोभिड–१९ बाट हालसम्मकै उच्च सङ्ख्यामा बिरामीहरूको मृत्यु भएको समाचारसंस्था रोएटर्सले जनाएको छ।

    अमेरिकामा अहिलेसम्म छ लाख ४४ हजार भन्दा धेरै व्यक्ति सङ्क्रमित भएको पुष्टि हुनुका साथै २८ हजार पाँच सय भन्दा धेरैको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ । ट्रम्पले चाहिँ अमेरिकाले नयाँ कोरोनाभाइरस आफ्नो उत्कर्षमा पुगिसकेको दाबी गरेका छन्। अमेरिकी राज्यहरू आफ्नो अर्थतन्त्र पुनः सञ्चालन गर्न बलियो अवस्थामा रहेको समेत उनले बताए ।

    डब्ल्यूएचओमाथि पुनः रोष
    नियमित पत्रकार सम्मेलनकै मौका छोपेर ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओबारे पुनः आफ्नो रोष पोखेका छन्। उनले चीनसँगको सीमा बन्द गर्ने आफ्नो निर्णयको सुरुमा डब्ल्यूएचओले आलोचना गरेको बताए। ‘दुर्भाग्यवश अझै पनि कतिपय देशहरूले डब्ल्यूएचओमाथि विश्वास गरिरहेका छन् र उक्त सङ्गठनमाथि कुनै प्रकारका प्रतिबन्ध लगाएका छैनन्’, ट्रम्पले भने। ‘ट्रम्पले ती देशहरूले गम्भीर गल्ती गरेको’ भन्दै ‘त्यो सायद उनीहरूले बोध गरिसकेको’ बताए।

    कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको घटनालाई लिएर कदम चाल्ने सन्दर्भमा ‘न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको’ आरोप लगाउँदै ट्रम्पले डब्ल्यूएचओलाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएका थिए।

    ग्वाटेमालामा चिन्ता
    मध्य अमेरिकी मुलुक ग्वाटेमालामा अमेरिकाले देश निकाला गरिदिएपछि स्वदेश फर्केका मानिसमा कोरोभाइरस देखिएपछि चिन्ता बढेको छ। ग्वाटेमालाका स्वास्थ्यमन्त्रीले हालै अमेरिकाबाट निष्कासित हुनेमध्येको एउटा समूहका झन्डै ७५ प्रतिशतमा भाइरस पाइएको बताएका थिए।

    त्यससँगै रोमन क्याथोलिक गिर्जाघरले उक्त प्रक्रिया हाललाई रोक्न आग्रह गरेको थियो। ग्वाटेमालासँगै एल सल्भाडोर, होन्डुरस र मेक्सिकोले आफ्नो स्वास्थ्य प्रणालीको सीमितता देखाउँदै अमेरिकालाई उक्त प्रक्रिया बन्द गर्न आग्रह गरेका छन्। तर गत शुक्रबार ट्रम्पले देश निकाला गरिएकाहरूलाई नलिने देशले प्रतिबन्धहरूको सामना गर्ने एउटा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। वीवीसीबाट

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.