सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘कोभिड–१९ विरूद्धको लडाईंमा अन्तर्राष्ट्रिय सहकार्यका लागि बेइजिङ तयार’


  •    न्युजभित्तो/११ बैशाख २०७७, बिहीबार २२:४८ 
  • बेइजिङ । चीनले कोभिड–१९ को प्रकोपसँग जुझ्नेबारे अन्तर्राष्ट्रिय सहकार्यकालागि प्रस्ताव जिम्मेवारी बहन गर्न तयार रहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार बताउनुभएको छ ।

    मन्त्रालयका प्रवक्ता कङ सुवाङले नियमित पत्रकार भेटमा उक्त जानकारी गराउनु भएको हो । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका हैसियतमा कोभिड–१९को सम्भावित भिडियो सम्मेलनबारे गरिएको प्रश्नको उत्तरमा उहाँले चीनले आवश्यकता अनुसार जिम्मेवारी लिन तयार रहेको बताउनुभएको हो ।

    “कोभिड–१९ को प्रकोप विश्वव्यापीरूपमा फैलिइरहेका समय संयुक्तरूपमा लड्ने ऐक्यवद्धताबाट नै अन्तर्राष्ट्रिय समुदायले यस महामारीलाई पार लगाउन सक्नेछ,” उहाँले भन्नुभयो । समस्या समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्यका सबै प्रस्तावप्रति चीनको सधैँ सकारात्मक धारणा रहेको उहाँले बताउनुभयो ।

    “सम्मेलन सही समयमा हुन लागेको छ । हामीलाई विश्वास छ विश्व समुदायले कोरोनाभाइरस सङ्क्रमणविरूद्ध विश्वव्यापी लडाईंमा सहयोगका लागि ऐक्यवद्धता व्यक्त गर्नेछ,” कङले भन्नुभयो– ‘चीनले सबै सम्वद्ध पक्षसँग यसबारे सूचना आदानप्रदान गर्न चाहन्छ ।’ एजेन्सीको सहयोगमा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.