सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डब्लुएचओलाई युरोपेली कुटनीतिज्ञको बलियो समर्थन


  •    न्युजभित्तो/६ बैशाख २०७७, शनिबार ०८:५४ 
  • ब्रसेल्स । युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोर्रेलले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई आफुहरूको तर्फबाट बलियो समर्थन रहेको बताउनुभएको छ ।

    विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससँग बिहीबार भएको टेलिफोन कुराकानीका क्रममा बोर्रेलले डब्लुएचओलाई समर्थन रहेको जानकारी दिनुभएको हो ।

    संसारभर महामारीको रूपमा फैलिएको कोरोनाभाइरस विरुद्धको लडाईमा डब्लुएचओलाई यो वेला साथ दिनुपर्ने आवश्यकतामा युरोपेली संघका अन्य उच्च अधिकारीहरूले पनि जोड दिएका छन् । विदेश मामिला र सुरक्षा नीतिसम्वन्धी अधिकारीहरुले बहुपक्षीय प्रणालीमार्फत् सवैसँग सहकार्य गर्नुपर्ने समय रहेको बताएका छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मङ्गलबार डब्लुएचओलाई दिँदै आएको सहयोगमा कटौटी गर्ने घोषणा गर्नुभएको थियो । उहाँले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि डब्लुएचओले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाउँदै सहयोग रकम कटौतीको घोषणा गर्नुभएको थियो ।

    त्यसको जवाफमा डब्लुएचओका महानिर्देशक गेब्रेयेसले महामारीका बेला राजनीति नगर्न आग्रह सहितको प्रतिक्रिया दिनुभएको थियो । रकम कटौती गर्ने उहाँको घोषणाप्रति अन्य विभिन्न देशका प्रतिनिधिहरूले पनि चर्को असन्तुष्टि जनाएका छन् । एजेन्सीको सहयोगमा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.