सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चरम खाद्यान्न अभावको समस्या दोब्बर हुनसक्छ : संयुक्त राष्ट्रसंघ


  •    न्युजभित्तो/९ बैशाख २०७७, मंगलवार २२:२५ 
  • पेरिस । कोरोनाभाइरस सङ्क्रमणको विश्वव्यापी प्रकोपका कारण विश्वमा गरिबी र खाद्यान्न अभावको सामना गर्नुपर्ने जनसङ्ख्या अहिलेकोभन्दा झण्डै दोब्बर पुग्नसक्ने प्रक्षेपण गरिएको छ ।

    कोरोनाभाइरसका कारण विश्वमा खाद्यान्नको अभाव झेल्ने गरिबको जनसङ्ख्या दोब्बर हुनसक्ने संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डव्लुएफपी)ले मङ्गलबार चेतावनी दिएको हो । डब्ल्यूएफपी र अन्य साझेदारहरूले विश्वभरि खाद्यान्न सङ्कटबारेमा नयाँ अध्ययन प्रतिवेदन जारी गरेपछि यो चेतावनी आएको हो ।

    “कोभिड– १९ को कारण विश्वव्यापीरूपमा आउने आर्थिक मन्दीका कारण सन् २०२० मा चरम खाद्यान्न अभावको सामना गर्ने जनसङ्ख्या २६ करोड पुग्ने देखिएको छ,” विश्व खाद्य कार्यक्रमले कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा परेको आर्थिक मन्दी र यसबाट निम्तिनसक्ने समस्याबारे गरेको प्रक्षेपण प्रतिवेदनमा उल्लेख छ । सन् २०१९ मा चरम खाद्यान्न अभावका कारण सहयोगको आवश्यकता रहेको जनसङ्ख्या १३ करोड ५० लाखरहेकोमा सन् २०२० मा यो सङ्ख्यामा थप १३ करोड थपिने र चरम खाद्यान्न अभावको समस्या यस वर्ष दोब्बर हुने प्रक्षेपण गरिएको हो ।

    खाद्य सङ्कटमा चौथो वार्षिक विश्वव्यापी प्रतिवेदनले कोरोनाभाइरस प्रकोपका कारण सिर्जित स्वास्थ्य सङ्कटसँगै विश्वव्यापीरूपमा भएका बन्दाबन्दीका घोषणा वा व्यवसायिक गथिविधिमा प्रभावित पारेका कारण विश्वमा सङ्क्रमण पछि केही समय मन्दी छाउने र मन्दीको प्रभाव कति समय रहनेछ भन्ने कोरोनाभाइरस सङ्क्रमणलाई कति छिट्टै नियन्त्रणमा लिन सकिन्छ भन्नेमा आधारित हुने जनाएको छ ।

    प्रतिवेदनमा कोरोना भाइरस सङ्क्रमण सुरु हुनु अघि गत वर्षदेखि नै खाद्यान्न असुरक्षा बढेको उल्लेख पनि गरिएको छ । उक्त प्रतिवेदनमा सन् २०१९ मा विश्वका ५५ मुलुकका १३ करोड ५० लाख व्यक्तिचरम खाद्यान्न सङ्कटको अवस्थामा रहेका कारण खाद्यान्न सहयोगको आवश्यक रहेको थियो । प्रतिवेदन तयार गर्ने क्रममा चार वर्ष पहिलेको भन्दा सन् २०१९ मा खाद्यान्न सङ्कटको सामना गर्ने मानिसहरूको सङ्ख्या दुई करोड बढेको थियो । जुन यसअघिको तुलनामा निकै बढी हो ।

    गत बर्ष र यसवर्षको रिपोर्टमा ५० भन्दा बढी मुलुकमा खाद्यान सङ्कट रहेको र त्यहाँको झण्डै १० प्रतिशत अर्थात् १२ करोड ३० लाखमा खाद्यान्न सङ्कट रहेको उल्लेख गरिएको छ । द्वन्द्व, आर्थिक सङ्कट र खडेरीजस्ता मौसमसम्बन्धी घटनाहरूको कारण खाद्यान्न सङ्कटमा वृद्धि आएको हो । प्रतिवेदनमा थप १८ करोड ३० लाख जनसङ्ख्या खाद्यान्न सङ्कटको समस्यानजिक रहेको देखिएको छ ।

    कोभिड–१९ सहजै त्यस्तो सङ्कट भइदिएको छ कि यसका कारण विश्वका बिरामी व्यक्तिहरूले अस्पतालहरूमा भीडलाई निम्त्यायो र सरकारहरूले लकडाउन लगाए जसले अर्थव्यवस्थामा बाधा ल्याइदियो जसका कारण लाखौँ मानिसहरूलाई कामविहीन बनाएको छ ।

    डब्ल्यूएफपीका वरिष्ठ अर्थशास्त्री आरिफ हुसेनले एक विज्ञप्तिमा भन्नुभयो, “कोभिड–१९ सम्भवतः लाखौंको लागि विनाशकारी हो जो पहिले नै धागामा झुण्डिएका छन् ।”

    “हामीले यो विश्वव्यापी प्रकोपको प्रभाव न्यूनीकरण गर्न सामूहिक रूपमा अब कार्य गर्नुपर्दछ,” उहाँले जोड दिनुभयो । तथ्याङ्क सङ्कलन गरी प्रतिवेदनलाई धेरै समूह र सहायता संगठनहरूको सहयोगमा प्रत्येक वर्ष प्रकाशित गरिन्छ । एजेन्सीको सहयोगमा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    • सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.