सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघ्यो


  •    न्युजभित्तो/१४ बैशाख २०७७, आईतवार ११:०२ 
  • काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघेको छ । वल्र्डवमिटरको पछिल्लो तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई लाख तीन हजार दुई सय ८९ पुगेको छ । हालसम्म कोरोनाभाइरस सङ्क्रमण भएका आठ लाख ३६ हजार नौ सय ७८ जना निको भएका छन् ।

    कोरोनाबाट विश्वभरि २९ लाख २१ हजार चार सय ४१ जना सङ्क्रमित भएका छन् । सबैभन्दा बढी अमेरिकामा नौ लाख ६० हजार आठ सय ९६ जना सङ्क्रमित छन् भने ५४ हजार दुई सय ६५ जनाको मृत्यु भएको छ ।

    इटलीमा एक लाख ९५ हजार तीन सय ५१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने २६ हजार तीन सय ८४ जनाको मृत्यु भएको छ । स्पेनमा दुई लाख २३ हजार सात सय ५९ जना सङ्क्रमित भएकामा २२ हजार नौ सय दुई जनाको मृत्यु भएको छ ।

    त्यसैगरी, फ्रान्समा एक लाख ६१ हजार चार सय ८८ जना सङक्रमित भएका छन् भने २२ हजार छ सय १४ जनाको मृत्यु भएको छ । बेलायतमा एक लाख ४८ हजार तीन सय ७७ जना कोरोनाभाइरस सङ्क्रमित भएकामा २० हजार तीन सय १९ जनाको ज्यान गएको छ । भारतमा २६ हजार चार सय ९६ जनामा सङ्क्रमण पुष्टि भएको छ भने आठ सय २५ जनाको मृत्यु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.