सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ-बुटवल सडकः दुई वर्ष बितिसक्दा जम्मा चार प्रतिशत काम


  •    न्युजभित्तो/१८ चैत्र २०७७, बुधबार १०:३१ 
  • कावासोती,चैत १८ । निर्माणाधीन नारायणगढ-बुटवल सडकखण्ड विस्तारको काममा ढिलाइ भएको छ । साढे तीन वर्षभित्रमा बनाइसक्नुपर्ने उक्त सडक दुई वर्ष बितिसक्दा पनि जम्मा चार प्रतिशत काम सकिएको छ । चाइना स्टेट इन्जिनियरिङ कम्पनीले सडक निर्माणको ठेक्का पाएको थियो ।

    ठेक्का सम्झौता भएर २०७५ चैत ८ देखि निर्माण सुरु भएको आयोजनाको काम दुई वर्ष बित्दा चार प्रतिशत मात्रै सकिएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ ।

    यसअघि रोकिएको रुख काट्ने काम भने सुरु भएको छ । मध्यवर्ती क्षेत्रमा पर्ने सडकका दुवै किनारका रुख काट्न सुरु गरिएको हो । जिल्ला वनअन्तर्गत पर्ने स्थानका रुख काट्ने काम सकिएको भए पनि कानुनी अड्चनका कारण मध्यवर्ती क्षेत्र मा पर्ने रुख काट्ने काम हुन सके को थिएन ।

    मन्त्रिपरिषद्बाट निर्णय भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले रुख काट्नका लागि अनुमति दिएलगत्तै सडक विस्तार का लागि आवश्यक पर्ने रुख काट्न सुरु गरिएको नारायणगढ–बुटवल सडक सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।

    सो सडकखण्डको कावासोतीबाट गौडाकोटको थुम्सीसम्मको सडकको दक्षिणतर्फ रहेका वन मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले रुख काट्ने काम प्रभावित हुँदै आएको थियो । अनुमति पाएपछि अहिले केही दिन अगाडिदेखि थुम्सी तथा कावासोतीको जङ्गलमा रुख काट्ने काम भइरहेको उनले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.