सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महानगरका २२० विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य


  •    न्युजभित्तो/१८ चैत्र २०७७, बुधबार १०:४१ 
  • चितवन, १८ चैत । भरतपुर महानगरपालिकाभित्र रहेका २२० विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य गरिएको छ । समाज र विद्यालयमा लैङ्गिक हिंसाका घटना बढ्न थालेपछि यसको अन्त्यका लागि लैङ्गिक शिक्षक राखिएको भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिनुभयो ।

    महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालय १२३ र संस्थागत विद्यालय ९७ वटामा नै लैङ्गिक शिक्षक राख्नका लागि पत्राचार गरिएको उहाँले बताउनुभयो । हरेक विद्यालयमा रहेका महिला शिक्षकलाई लैङ्गिक शिक्षकका रूपमा तोकी प्रशिक्षण दिने कामसमेत गरिएको उहाँले बताउनुभयो । “गत कात्तिकमा विद्यालयलाई पत्राचार गरी प्रतिनिधि तोक्न लगाई उनीहरूलाई प्रशिक्षण दिइएको छ”, उहाँले भन्नुभयो ।

    प्रतिनिधिका रूपमा आएका शिक्षकले लैङ्गिक हिंसाका बारेमा जानकारी लिई त्यस विषयमा शिक्षक तथा विद्यार्थीलाई जानकारी गराउने र यसको निराकरणका लागि सहयोग पुर्याउने काम गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा पनि लैङ्गिक हिंसाका घटना बढ्न थालेपछि समुदायसँगै विद्यालयमा यस्ता घटना घट्न नदिनका लागि शिक्षक तोकिएको हो ।”

    विद्यालयमा हरेक किसिमका हिंसाका घटना नियन्त्रणका लागि लैङ्गिक शिक्षक राखिएको उहाँको भनाइ थियो । केही विद्यालयले लैङ्गिक शिक्षक नराखे पनि पुनः पत्राचार गरेर ध्यानाकर्षण गराउने काम गरिएको उहाँको भनाइ छ ।

    भरतपुर महानगरका शैक्षिक प्रशासन महाशाखाका अधिकृत ऋषि शर्माले विद्यालयमा छात्रामाथि हुने अभद्र व्यवहारका घटना हुन नदिन नै लैङ्गिक शिक्षक राख्ने प्रणाली बसालिएको बताउनुभयो । उहाँका अनुसार विद्यालयमा महिला शिक्षकलाई लैङ्गिक शिक्षक बनाउन निर्देशन दिइएको छ भने हिंसासँग सम्बन्धित तालिम प्रदान गरिएको छ ।

    छात्रामाथि अपशब्द बोल्ने, गलत नियतले छात्रालाई छुने वा छुने प्रयास गर्ने, छात्राको नाम कुनै छात्र या अन्यसँग जोडेर जिस्काउने, खराब नजरले हेर्ने, गलत नियतले मोबाइलमा सन्देश पठाउने, बेञ्च वा भित्तामा एकअर्काको नाम जोडेर लेख्ने, कुदृष्टि राख्ने, अश्लील शब्दले बोलाउनेजस्ता क्रियाकलाप विद्यालयमा हुने हिंसा वा अभद्र व्यवहारभित्र पर्छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.