गैँडा गणना काम जोखिमपूर्ण र खर्चिलो छ भन्छिन्, एक कर्मचारी न्युजभित्तो/१८ चैत्र २०७७, बुधबार ११:४३ चितवन, १८ चैत । नेपालमा चैत्र ९ गतेदेखि गैँडा गणना सुरु भएको छ। तर त्यो काम जोखिमपूर्ण र खर्चिलो भएको सम्बद्ध कर्मचारीले बताएका छन्। गैँडा गन्न गएका मानिसहरू कहिलेकाहीँ जङ्गलमा फस्ने वा हराउने गरेको चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत कर्मचारी तथा गैँडा गणक कौशिला मोक्तान बताउँछिन्। अहिलेको गणनामा सुरक्षाकर्मी र प्राविधिकसहित २०० जना तथा ४० वटा हात्ती खटिएका छन्। गैँडा गणनामा सहभागी कर्मचारीको बीमा समेत गरिएको छ। सन् २०१५ को गणनाअनुसार नेपालमा ६४५ वटा गैँडा थिए। तर त्यसयता कम्तीमा १६१ वटा गैँडाको विभिन्न कारणले मृत्यु भएको बताइन्छ। पर्सा र चितवनका अतिरिक्त बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि चैत्र अन्त्यसम्म गणना कार्य जारी रहनेछ। गैँडा गणनाको लागि एक करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान छ।बी.बी.सी. तपाईको प्रतिक्रिया ताजा अपडेट नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
चितवन, १८ चैत । नेपालमा चैत्र ९ गतेदेखि गैँडा गणना सुरु भएको छ। तर त्यो काम जोखिमपूर्ण र खर्चिलो भएको सम्बद्ध कर्मचारीले बताएका छन्।
गैँडा गन्न गएका मानिसहरू कहिलेकाहीँ जङ्गलमा फस्ने वा हराउने गरेको चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत कर्मचारी तथा गैँडा गणक कौशिला मोक्तान बताउँछिन्।
अहिलेको गणनामा सुरक्षाकर्मी र प्राविधिकसहित २०० जना तथा ४० वटा हात्ती खटिएका छन्। गैँडा गणनामा सहभागी कर्मचारीको बीमा समेत गरिएको छ।
सन् २०१५ को गणनाअनुसार नेपालमा ६४५ वटा गैँडा थिए। तर त्यसयता कम्तीमा १६१ वटा गैँडाको विभिन्न कारणले मृत्यु भएको बताइन्छ।
पर्सा र चितवनका अतिरिक्त बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि चैत्र अन्त्यसम्म गणना कार्य जारी रहनेछ।
गैँडा गणनाको लागि एक करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान छ।बी.बी.सी.