राष्ट्रिय

१२ हजार युवालाई स्वरोजगार बनाइँदै
-न्युजभित्तो

काठमाडौँ, १४ चैत । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १२ हजार बेरोजगार युवालाई स्वरोजगार बनाउने भएको छ । कोषले चालु आर्थिक वर्षमा ती युवालाई लक्षित गरेर पाँच नयाँ कार्यक्रम मार्फत स्वरोजगार बनाउन शुरुआत गरेको हो । आर्थिक अभावका कारणले...

सात जिल्लामा कोभिड अस्पताल, ७९ पालिकामा उपचार केन्द्र
-न्युजभित्तो

कर्णाली, १४ चैत । कर्णाली प्रदेश सरकारले दश जिल्लामा कोभिड अस्पताल र नगर तथा गाउँपालिकामा उपचार केन्द्र राख्ने निर्णय गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले जुम्ला, सुर्खेत र रुकुमपश्चिमको चौरजहारीमा...

होली घरमानै खेल्न प्रशासनको आग्रह
-न्युजभित्तो

 चितवन  १४ चैत।   जिल्ला प्रशासन कार्यालय चितवनले यसवर्षको होली पर्व घरभित्रै बसेर परिवारका साथ मनाउन आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै छिमेकी देशमा कोरोना सङ्क्रमण वढ्दै गएकाले नेपालमा पनि वढ्न सक्ने भएकाले घरभित्रै बसेर परिवारका साथ होली...

अठ्ठाइस मुद्दाका ४० पक्राउ
-न्युजभित्तो

चितवन, १४ चैत । डिभिजन वन कार्यालय चितवनले चालू आर्थिक वर्षको चैत १० गतेसम्म विभिन्न मुद्दाका ४० जनालाई पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको छ । कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार २८ वटा मुद्दामा उनीहरुलाई पक्राउ गरी कारवाही...

स्वास्थ्य सतर्कता अपनाएर मात्र होली पर्व खेल्न आग्रह
-न्युजभित्तो

जनकपुर, १४ चैत । मुख्यमन्त्री लालबाबु राउतले एक वर्षदेखि नै विश्वलाई नै अक्रान्त बनाएको कोरोना महामारीको जोखिम पुनः बढ्दै गइरहेको हुँदा त्यसलाई मध्यनजर गर्दै स्वास्थ्य सतर्कता अपनाई मात्र होली पर्व मनाउन आग्रहसमेत गर्नुभएको छ । हिन्दूहरुको महान् पर्व होलीको अवसरमा...

आइतबारसम्म मौसम स्थिर रहने
-न्युजभित्तो

काठमाडौं, १४ चैत । शुक्रबारदेखि एक्कासी काठमाडौँ उपत्यकाको आकाशमा बाक्लो तुवाँलाले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका केही जिल्लामा डढेलो लागेको र सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई...

जसपमा बाबुराम-उपेन्द्र धार कमजोर,ओलीलाई काँध थाप्न महन्थ ठाकुर तयार
-न्युजभित्तो

काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार विस्तारै ‘सेफ जोन’मा पुगेको विश्लेषण गर्न थालिएको छ । नेकपा एमालेको माधव नेपाल पक्षको रणनीति पर्खेर बसेको जनता समाजवादी पार्टीको बहुमत पक्ष ओली नेतृत्वको सरकारमा सामेल हुन तयार भएको छ...

त्रिदेशीय कप फुटबल : नेपाललाई बङ्गलादेशसित जित्नैपर्ने दबाब
-न्युजभित्तो

काठमाडौँ, १४ चैत । त्रिदेशीय कप फुटबलअन्तर्गत नेपालले आज बङ्गलादेशसित भिड्ने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने बङ्गलादेशविरुद्धको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ । प्रतियोगिताको फाइनलमा प्रवेश गर्नका लागि नेपालका लागि आजको खेल महत्वपूर्ण रहेको छ । फाइनलमा...

मोदीविरुद्ध प्रदर्शन चर्किएपछि, बंगलादेशमा फेसबुक प्रतिबन्ध
-न्युजभित्तो

ढाका १४ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध प्रदर्शन चर्किएपछि बंगलादेशमा फेसबुक र म्यासेन्जरलाई प्रतिबन्ध लगाइएको छ । चारजनाको ज्यान जाने गरि शुक्रबार हिंसा मच्चिएपनि सरकारले सामाजिक संजाललाई रोकेको हो । फेसबुकका प्रवक्ताले सम्भावित हिंसाहुन नदिन बंगलादेशमा सेवामा रोक लगाइएको...

शिकार खेल्न क्रममा एक जनाको गोली लागेर मृत्यु
-न्युजभित्तो

दाङ,१४ चैत । दाङको घोराहीमा शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-१३ का ५० वर्षीय टेकबहादुर गुरुङको शुक्रबार राति गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिए । घटनास्थल पुग्न तीनरचार...