सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरूद्धको अविश्वास प्रस्ताव फिर्ता


  •    न्युजभित्तो/१८ चैत्र २०७७, बुधबार ११:३८ 
  • काठमाडौं, १८ चैत । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्धको अविश्वास प्रस्ताव फिर्ता हुने भएको छ।

    गत पुस १० गते पौडेलविरूद्ध ४५ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव राख्दै तीन जना मन्त्रीले राजीनामा दिएका थिए।

    तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाका ४५ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको थियो। उक्त प्रस्ताव प्रदेश सभामा टेबुलसमेत भएको थियो। तर मंगलबार प्रदेश सभा सचिवालयमा उक्त प्रस्ताव फिर्ता लिने सूचना दर्ता गरिएको छ।

    नेकपा एमालेकी सांसद रचना खड्काले मुख्यमन्त्रीविरूद्ध यसअघि दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिन लागेको बताइन्।

    ‘त्यसबेला फरक परिस्थितमा अविश्वास प्रस्ताव दिइएको थियो। अहिले पार्टी एक भएको अवस्थामा परिस्थिति फेरिएको छ, त्यसैले अविश्वास प्रस्ताव फिर्ता लिन लागेका हौं,’ उनले भनिन्।

    उनीहरूले त्यसबेला पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गरेका थिए।

    पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएसँगै त्यसबेला आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका थिए।

    गत फागुन २३ मा सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो। माओवादी केन्द्रबाट कट्टेल हालै संसदीय दलको नेता चयन भएका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.