यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थको सती जानुपर्ने : प्रधानमन्त्री ओली
न्युजभित्तो/१७ चैत्र २०७७, मंगलवार १६:३३
काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको एकता भंग गर्ने अदालतको निर्णयप्रति गरिएको पुनरावलोकनलाई लिएर प्रचण्डको आलोचना गरेका छन् । पार्टी एकता पहिल्यै भंग भइसकेकाले अदालतले पार्टी फुटाएको भन्नु नै गलत हुने उनको टिप्पणी छ ।
रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै ओलीले अदालतले गरेको फैसलाको बचाउ गरे ।
उनले भने, ‘तपाईंहरूले एउटा क्लासमा जाँच दिएर फेल भएपछि उही क्लासमा फर्किनुहुन्छ नि । अदालतले हाम्रो दर्ता खारेज भयो भनेपछि पहिलेकै ठाउँमा आयो । आदालतले निर्वाचन आयोगलाई १५ दिनको म्याद देउ भनेको थियो । नयाँ नाम लिएर फेरि एउटै पार्टी बनाउन सकिन्थ्यो नि रु एकता गर्नै खोजेको हो भने नयाँ नाम लिएर जाँदा हुन्थ्यो ।’
उनले पुनः एकताको विषयमा कुरा गर्न आफूले प्रचण्डलाई फोन गरेको बताए ।
ओलीले भने, ‘मैले प्रचण्डजीलाई फोन गरेँ । पार्टी अलग-अलग भयो । हामी बसेर कुरा गरौं भने । उहाँले केन्द्रीय समितिको वैठक छ, सकिएपछि फोन गर्छु भन्नुभयो । एकछिनपछि अनलाइनमा आयो, ‘ओलीले फोन गरेका थिए, मैले भेट्न मन छैन भनेर टार्दिएँ । उहाँले यसमा अखबारवाजी गर्नुभयो ।’
ओलीले नेकपाको एकता सर्वोच्चको फैसला अघि नै तोडिएको बताए ।
‘एकता बाँकी थियो र अदालतले भंग गर्ने ? जहाँ अध्यक्षलाई दलको नेताबाट, पार्टीको साधारण सदस्यबाट समेत हटाइन्छ, त्यहाँ एकता थियो भनेर ढाँट कुरा गर्ने ? तैपनि मैले कुरा गर्नलाई फोन गरेँ । उहाँले मजाक बनाएर अखबारवाजी गर्नुभो । अहिले अहिले एकताको कुरा गर्दै हुनुहुन्छ । दिँदा नखाने राति गएर कोल चाट्ने ?
ओलीले प्रचण्डको स्वार्थका पछाडि देश सती जान नसक्ने बताए । प्रचण्डसँग आधा(आधा प्रधानमन्त्री चलाउने पूर्वसहमति