राष्ट्रिय

आज विश्व प्रेस स्वतन्त्रता दिवस : कोरोनाका कारण ५१७ पत्रकार पेशागत सुरक्षाबाट पीडित
-न्युजभित्तो

काठमाडौँ, २० वैशाख । नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा हालसम्म पेशागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारहरुको सङ्ख्या ५१७ रहेको छ । नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन एकाइको तथ्याङ्क हेर्ने हो भने यस वर्ष पत्रकारको पेशागत सुरक्षाका घटना सबैभन्दा बढी...

नेपालमा हालसम्मकै सबैभन्दा धेरै एकै दिन ७ हजार १ सय ३७ जनामा कोरोना पुष्टि
-न्युजभित्तो

काठमाडौं, १९ वैशाख । नेपालमा कोरोनाभाइरसका सात हजार १३७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित तीन लाख ३६ हजार ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस सम्बन्धि दैनिक विवरण अद्यावधिक...

असिनासँगै फौजी कीराको प्रकोप
-न्युजभित्तो

खोटाङ, १८ वैशाख । असिनापानीले नष्ट पारेको मकैलगायत अन्नबालीमा फौजी किराको प्रकोप फैलिएपछि जिल्लाका किसान चिन्तित बनेका छन् । केही दिनदेखि निरन्तर परिरहेको असिनापानीले नष्ट पारेको मकैलगायत अन्नबालीमा फौजी किराको प्रकोपसमेत फैलिएपछि किसान चिन्तित बनेका हुन् । फौजी किराले प्रमुख...

उपप्रधानमन्त्रीद्वारा पूर्व प्रम खनालको स्वास्थ्य अवस्थाबारे जानकारी
-न्युजभित्तो

काठमाडौँ, १९ वैशाख ।  उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज नेकपा (एमाले) वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । नर्भिक अस्पताल पुगेर उहाँले नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी...

जसपाका पदमुक्त चार सांसदले दिएको रिट निवेदन सर्वोच्चबाट फिर्ता
-न्युजभित्तो

काठमाडौँ, १९ वैशाख । सर्वोच्च अदालत प्रशासनले जनता समाजवादी पार्टी (जसपा)को लुम्बिनी प्रदेशसभाका चारजना सदस्य (सांसद)को रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएको निर्णयविरुद्ध आज सर्वोच्च अदालतमा पुग्नुभएका सन्तोषकुमार पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी...

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी कोरोना संक्रमणको उच्च जोखिममा
-न्युजभित्तो

काठमाडौं, १९ वैशाख  । नेपालको अन्तराष्ट्रिय सीमाको सुरक्षा अहिले सशस्त्र प्रहरी बलले गरिरहेको छ । कोभिड -१९ को संक्रमण बढे संगै सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरु पनि कोभिड १९ संक्रमणको जोखिममा परेका छन् । भारतमा कोभिड १९ संक्रमणको दोश्रो लहर चलेसंगै...

अब लाइनबाट होइन अनलाइनबाटै सरकारी सेवा
-न्युजभित्तो

काठमाडौँ, १९ वैशाख  । परीक्षण कालमा नै लोकप्रियता बटुलेको ‘नागरिक एप’ को आज औपचारिक उद्घाटन गरिएको छ । सम्पूर्ण नेपालीलाई डिजिटल सञ्जालमा गाँस्ने र त्यसैबाट सार्वजनिक सेवा सहज रुपमा नागरिकलाई उपलब्ध गराउने उद्देश्यले सो एप सार्वजनिक गरिएको छ । ‘चौथो...

चितवनमा पछिल्लो २४ घण्टामा ७८ जना कोरोना संक्रमित थपिए
-न्युजभित्तो

चितवन, १९ वैशाख । चितवनमा पछिल्लो २४ घण्टामा ७८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा २ सय २० नमुना परिक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमित मध्ये भरतपुर महानगरपालिकामा मात्रै...

बहुमत प्राप्त दलको नेताको हैसियतमा पोखरेल मुख्यमन्त्री पुनः नियुक्त
-न्युजभित्तो

काठमाडौं ,१९ वैशाख। नेकपा एमालेका नेता शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ...

संविधानसभा सदस्य चौधरीको निधन
-न्युजभित्तो

गोदावरी, १९ वैशाख । कैलालीमा कोरोना भाइरसको सङ्क्रमणबाट तत्कालीन संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ । धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत चौधरीको आज अपराह्न मृत्यु भएको हो । कलेजो र मिर्गौला रोगले पीडित चौधरीलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । कोरोना...