सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जसपाका पदमुक्त चार सांसदले दिएको रिट निवेदन सर्वोच्चबाट फिर्ता


  •    न्युजभित्तो/१९ बैशाख २०७८, आईतवार १६:५६ 
  • काठमाडौँ, १९ वैशाख । सर्वोच्च अदालत प्रशासनले जनता समाजवादी पार्टी (जसपा)को लुम्बिनी प्रदेशसभाका चारजना सदस्य (सांसद)को रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ ।

    प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएको निर्णयविरुद्ध आज सर्वोच्च अदालतमा पुग्नुभएका सन्तोषकुमार पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालको रिट निवेदन दर्ता गर्न अस्वीकार गरिएको हो ।

    सर्वोच्च अदालतका सहरजिष्ट्रार बाबुराम दाहालका अनुसार कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण बन्दीप्रत्यक्षीकरण र कोरोना सङ्क्रमणसँग सम्बन्धित बाहेक अन्य विषयका निवेदन दर्ता नहुने निर्णय भएको हुनाले दर्ता गर्न अस्वीकार गरिएको हो ।

    जसपा प्रदेश संसदीय दलको सिफारिसनुसार प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको हुँदा उक्त निर्णय निर्णय बदर गरी आफूहरूलाई यथावतरूपमा कामकारबाही गर्नका लागि परमादेशको ओदशको माग रिट निवेदनमा थियो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.