राष्ट्रिय
पोखरा, १५ वैशाख । गण्डकी प्रदेशसभाको बैठक शुरू भएको छ । बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावउपरको छलफल शुरू भएको छ । छलफल सकिएपछि आजै मतविभाजनमार्फत प्रस्ताव टुंगो लगाउने कार्यसूची छ । कोरोना संक्रमित ३ सांसदका लागि छुट्टै ठाउँ निर्धारण गरिएको...
वीरगञ्ज, १५ वैशाख । रौतहटको वाग्मती र लालबकैया नदीमा रहेको बाँध मर्मत नहुँदा रौतहटवासीमा डुबान समस्याको त्रास यथावत् रहेको छ । उक्त दुवै नदी नियन्त्रण गर्न भारत सरकारले बनाएको बाँधहरु ठाउँठाउँमा भत्किएकाले समयमा सो नदीको बाँधको मर्मत हुन नसक्दा वर्षायाममा...
काठमाडौँ, १५ वैशाख । भोलिदेखि हुने निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई पुनः सञ्चालन राख्दै व्यवस्थापन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यापिड रेस्पोन्स टोली गठन गरेको छ । मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्यपदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायतको...
बलेवा, १५ वैशाख । सङ्घ र प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन भएको योजना ठेक्का लगाउँदा निर्माण कम्पनीले छोडेको रकमले जैमिनी नगरपालिकाको मुकाम सुधार विस्तारको काम थालिएको छ । सङ्घीय र प्रदेश सरकारको समपूरक बजेट परिचालनबाट सञ्चालन भएको योजनामा बचेको रकम पालिका...
चितवन,१५ वैशाख । निर्माण सम्पन्न पछि नारायणगढ–मुग्लिन सडकखण्डमा निर्माण भएको जलबीर पुल संचालनमा आएको छ ।पुल गत शुक्रवारदेखि संचालनमा आएको आयोजनाले जनाएको छ । पुल निर्माणको काम सम्पन्न भएसँगै सवारी गुड्न थालेका हुन् । सडक आयोजनाकी इन्जिनियर सविना रानाभाटका...
काठमाडौं,१५ वैशाख । बिहीबारदेखि काठमाडौं उपत्यकामा लागू निषेधाज्ञामा सञ्चार प्रतिष्ठानबाट जारी परिचयपत्रका आधारमा समेत सञ्चारकर्मी र कर्मचारीलाई आवतजावत गर्न दिइने भएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर, भीडभाड नहुने गरी समाचार संकलन गर्न...
काठमाडौं,१५ वैशाख । नेपाली कांग्रेस केन्द्रीय समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालासँग परामर्श गरी बैठक स्थगन गरेका हुन् । कोरोना परीक्षण गरेकामध्ये कांग्रेस केन्द्रीय सदस्य...
बझाङ, १५ वैशाख । सदरमुकाम चैनपुर पानकोटस्थित मोटरेबल पुल निर्माणको काम सकिएको छ । २०७५ मा इस्टिमेट परिवर्तन गरी पुनः टेन्डर भई निर्माण कार्य यसअघि विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भए पनि चैत २०७५ मा इलाइट कन्स्ट्रक्शन प्रालिसँग करीब नौ...
मार्तडी, १५ वैशाख । बाजुरालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिपोपना’ जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ जिल्लालाई आठौँ जिल्लाका रुपमा ‘पूर्ण खोप सुनिश्चतता र दिगोपना’ घोषणा गरिएको हो...
काठमाडौं,१५ वैशाख । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी तीन नेतामा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका छन् । स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी तथा केन्द्रीय सदस्यद्वय खिमलाल...















