चितवनमा पछिल्लो २४ घण्टामा ७८ जना कोरोना संक्रमित थपिए
न्युजभित्तो/१९ बैशाख २०७८, आईतवार १६:०९
चितवन, १९ वैशाख । चितवनमा पछिल्लो २४ घण्टामा ७८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा २ सय २० नमुना परिक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमित मध्ये भरतपुर महानगरपालिकामा मात्रै ६८ जना रहेका छन् ।
खैरहनी नगरपालिकामा ६ माडी नगरपालिकामा २, राप्ती नगरपालिकामा २ जना रहेका छन् । रत्ननगर नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाँउपालिकामा कुनै संक्रमित भेटिएका छैनन् ।
यो संगै चितवनमा सक्रिय संक्रमितको सङ्ख्या १ हजार ७० पुगेको छ । जसमध्ये ९ सय ८२ जना होम आइसोलेसनमा रहेका छन् । ८८ जना विभिन्न अस्पताल र संस्थाका आइसोलेसनमा रहेका छन् ।पछिल्लो २४ घण्टामा जिल्लाका कुनै पनि संक्रमितले ज्यान गुमाएका छैनन् ।