सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

असिनासँगै फौजी कीराको प्रकोप


  •    न्युजभित्तो/१९ बैशाख २०७८, आईतवार १७:०५ 
  • खोटाङ, १८ वैशाख । असिनापानीले नष्ट पारेको मकैलगायत अन्नबालीमा फौजी किराको प्रकोप फैलिएपछि जिल्लाका किसान चिन्तित बनेका छन् । केही दिनदेखि निरन्तर परिरहेको असिनापानीले नष्ट पारेको मकैलगायत अन्नबालीमा फौजी किराको प्रकोपसमेत फैलिएपछि किसान चिन्तित बनेका हुन् ।

    फौजी किराले प्रमुख बालीका रूपमा लगाइएको मकैका बिरुवाको मुन्टा, गुभो, पात खाएर नष्ट गरेको छ । मकै उम्रिएर तीन÷चार पात पलाउँदादेखि गोडमेल गर्ने बेला भएको र गोडमेल गरिसकेको बिरुवालाई फौजी किराले नष्ट गर्दा उत्पादन घट्ने र खाद्यान्न सङ्कट निम्तिने डरले किसान चिन्तित भएका बताइएको छ ।

    असिनापानीका कारण रावाबेँशी गाउँपालिकाको एउटै वडामा लाखौँ मूल्य बरारबको अन्नबालीमा क्षति पुगेको जनाइएको छ । यही वैशाख २ गते परेको असिनाले उक्त गाउँपालिकाको वडा नं ६ हौंचुरको पैयाँमा करीब ५२ हेक्टर क्षेत्रफलमा लगाइएको रु २३ लाख बराबरको अन्नबाली नोक्सान गरेको जनाइएको छ । हौंचुरस्थित पैयाँका ३१ घरपरिवारले लगाएका आलु, मकै, गहुँ, जौ, तरकारी तथा फलफूलमा ठूलो क्षति पु¥याएको गाउँपालिकाको कृषि शाखाका संयोजक मुगाधन राईले बताउनुभयो । असिनाले पु¥याएको क्षतिका विषयमा जानकारी आएपछि गाउँपालिकाको कृषि प्राविधिक टोली स्थलगत अनुगमनमा पैयाँ पुगेको थियो ।

    जिल्लाका दश स्थानीय तहमध्ये हालसम्म जन्तेढुङ्गा गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा लगाइएको मकै बालीमा फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत रामनन्द यादवले बताउनुभयो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा फौजी किराको प्रकोप देखिएको छ ।

    कृषि ज्ञान केन्द्रका अनुसार उक्त नगरपालिकामा करीब एक हजार ८००, रावाबेँशीमा ९००, साकेलामा ५००, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ४००, ऐँसेलुखर्क गाउँपालिकामा ४०० र केपिलासगढी गाउँपालिकामा २५० रोपनीमा फौजी किराले क्षति पु¥याएको छ ।

    यस्तै बराहपोखरी गाउँपालिकामा १५०, खोटेहाङ गाउँपालिकामा १५ र हलेसी तुवाचुङ नगरपालिकामा १० रोपनी जग्गामा लगाइएको मकै बालीमा फौजी किराको प्रकोप देखिएको हो । कतिपय बेँशी क्षेत्रमा मकै छर्न बाँकी रहेकाले फौजी किराबाट प्रभावित क्षेत्र बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । फौजी किरा नियन्त्रणका लागि कार्यालयबाट विनियोजन गरिएको आकस्मिक प्रकोपको बजेटबाट विषादी मगाएर सम्बन्धित स्थानीय तहमा पठाइसकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    हरेक वर्ष फौजी किराको प्रकोप देखिने गरे पनि नियन्त्रणमा स्थानीय सरकारको ध्यान नपुगेको किसानको गुनासो छ । केही वर्षदेखि जिल्लामा प्रकोपकै रुपमा वर्षेनि देखापर्ने फौजी किराले गत वर्ष जिल्लाका अधिकांश स्थानीय तहका किसानले लगाएका अन्नबाली तथा वनजङ्गल नै सखाप पारेको थियो ।

    अमेरिकन फौजी किरा भनेर चिनिने धुस्रे किराले २०७७ सालमा अधिकांश स्थानीय तहका बेँशी क्षेत्रका मकै सखाप पारेको थियो । विगतका वर्ष कृषि ज्ञान केन्द्र र सम्बन्धित स्थानीय तहले विषादी खरीद गरेर किसानलाई बाँडे पनि फौजी किराको प्रकोप घट्नुको सट्टा बढिरहेको किसानहरुले बताएका छन् ।

    प्रकोप देखिएका क्षेत्रमा विषादी हाल्दा फौजी किरा नियन्त्रणमा आए पनि नयाँ–नयाँ ठाउँमा फैलिने गरेको हलेसी तुवाचुङ नगरपालिकाका कृषक तामन राईले बताउनुभयो । बेँशी क्षेत्रका खेतबारीमा लगाइएको मकैमा फौजी किराको प्रकोप अधिक देखिए पनि लेकाली क्षेत्रका मकैमा भने यसको प्रकोप देखिएको छैन ।

    फौजी किराले खेतबारीमा भएका हरेक अन्नबालीदेखि हरिया घाँसपातसमेत खाने गरेको किसानले बताएका छन् । फौजी किराले खाएको अन्नबाली तथा बोटबिरुवा नबढ्ने र उत्पादन पनि शून्य हुने गरेको बताइएको छ । विषादी लगाउँदा नियन्त्रणमा आउने अवस्था नदेखिएपछि गत वर्ष कतिपय किसानले मकैको बोटबाट फौजी किरा सङ्कलन गरेर कुखुरालाई खुवाएका थिए । कतिपय किसानले भने राति बारीको डिलमा आगो बालेर नियन्त्रणको प्रयास गरेका थिए ।

    कृषि क्षेत्रमा राज्यको ठूलो लगानी भए पनि स्थानीयस्तरमा जैविक विषादी तयार पारेर फौजी किरा नियन्त्रण गर्ने प्रयास सफल भएको छैन । जिल्लाका हरेक स्थानीय तहले कृषि उपज उत्पादन तथा निर्यातमा जोड दिने उद्देश्यले कृषि क्षेत्रमा लगानी गरेका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.