सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी कोरोना संक्रमणको उच्च जोखिममा


  •    न्युजभित्तो/१९ बैशाख २०७८, आईतवार १६:५३ 
  • काठमाडौं, १९ वैशाख  । नेपालको अन्तराष्ट्रिय सीमाको सुरक्षा अहिले सशस्त्र प्रहरी बलले गरिरहेको छ । कोभिड -१९ को संक्रमण बढे संगै सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरु पनि कोभिड १९ संक्रमणको जोखिममा परेका छन् ।

    भारतमा कोभिड १९ संक्रमणको दोश्रो लहर चलेसंगै कामको सिलसिलामा भारत गएका नेपालीहरु स्वदेश फर्कन थालेका छन् । भारतबाट नेपाल फर्केका ६० प्रतिशत बढी नेपालीहरु संक्रमित पाईएको छ ।

    यस्तो अवस्थामा प्रवासी नेपालीको सीधा सम्पर्कमा आउने सशस्त्र प्रहरी बल संगै त्यहाँ खटिने नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीहरु पनि संक्रमित भईरहेका छन् ।

    त्यसमध्ये सीमासुरक्षार्थ परिचालन भएका सशस्त्र प्रहरी जवानहरु संक्रमणको बढी जोखिममा रहेका छन् ।

    सशस्त्र प्रहरी बलका प्रवक्ता नायब महानिरीक्षक राजु अर्यालका अनुसार संगठन भित्र आन्तरिक व्यवस्थापन गरेर सकेसम्म जोखिम कम गर्ने र संक्रमण हुन नदिने उपाय अवलम्बन गरिएको छ ।

    सशस्त्र प्रहरी बलले कोभिड १९ को पहिलो लहरमा लिएको शिक्षा र अनुभवको आधारमा तयारी गरेर काम गरिरहेको नायब महानिरीक्षक अर्यालले बताए । संगठनभित्र ब्यारेकदेखि डियुटी खटिदा सम्मको जोखिम मुल्यांकन गरेर काम गरिरहेको अर्यालले बताए ।

    सशस्त्र प्रहरी बलका १ हजार भन्दा बढी सुरक्षाकर्मी अहिले कोभिड १९ बाट संक्रमित भईसकेका छन् । अहिले आईसोलेसनमा ५ जना सुरक्षाकर्मीले उपचार गराईरहेका छन् ।

    कोभिड १९ को दोश्रो लहरमा ६६ जना सुरक्षाकर्मी संक्रमित भएको नायब महानिरीक्षक अर्यालले जानकारी दिए । सशस्त्र प्रहरी बलको आफ्नो छुट्टै अस्पताल भएपनि संक्रमितको चाप बढेकोले चुनौती थपेको अर्यालले बताए ।

    अस्पतालको चापलाई थेग्न स्वास्थ्यसँग सम्बन्धित जनशक्ति अपुग भएको भन्दै उनले वर्तमान अवस्थामा आवश्यक जनशक्ति संगै प्राविधिक सामाग्री पनि थप्न सके अस्पतालले कोभिड १९ विरुद्धको उपचारमा महत्वपुर्ण भुमिका खेल्न सक्ने विश्वास व्यक्त गरे ।

    नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका गरि अहिले सम्म ४० हजार बढी सुरक्षाकर्मीहरु कोरोना संक्रमित भईसकेका छन् । कोभिड १९ का कारण १० जना सुरक्षाकर्मीले ज्यान गुमाएका छन् ।

    सामुहिक रुपमा ब्यारेकमा बस्ने भएकाले एकजना सुरक्षाकर्मी मात्रै संक्रमित भए संक्रमित सम्बद्ध पुरै युनिट जोखिममा पर्ने खतरा छ । त्यसैले पनि सरकारले अग्रपंक्तिमा खटिने सबै सुरक्षाकर्मीका लागि स्वास्थ्य सर्तकताका मापदण्ड व्यवहारमा कार्यान्वयन गर्दै सुरक्षाका लागि आवश्यक श्रोत र साधन पर्याप्त मात्रामा उलपब्ध गराउन आवश्यक देखिन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.