राष्ट्रिय
काठमाडौँ, १६ वैशाख । निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकाका मुख्य सडक सुनसान देखिएका छन् । कार्यालय समयमा सडकमा सवारी चाप देखिए पनि यसपछि भने सवारी साधन पातलो देखिएका छन् । सडकमा अस्पताल, सरकारी कार्यालय, बैंकका कर्मचारीलगायतका व्यक्तिहरु बढी सङ्ख्यामा देखिन्छन्...
काठमाडौं, १६ वैशाख । काठमाडौं उपत्यकासहित देशको केही भूभागमा चट्याङसहित पानी परिरहेको छ । देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभावले उपत्यकाको लगायतका क्षेत्रमा चट्याङसहित पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका तराई र...
गण्डकी, १६ वैशाख । राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेशसभा सदस्य खिमविक्रम शाही सम्बन्धमा सत्यतथ्य बुझ्ने भएको छ । बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव सम्बन्धमा छलफल भई निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेका अवस्थामा शाही प्रदेशसभामा अनुपस्थित भई अस्पतालमा भेटिनुभएको...
काठमाडौं,१६ वैशाख । सरकारले अक्सिजन, आइसियु बेड लगायतका १० स्वास्थ्य सामाग्री आयातमा कर छूट दिने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । ती सामग्रीको आयातमा लाग्न महसुल, मूल्य अभिवृद्धि कर तथा अन्त शुल्क...
काठमाडौँ १६ वैशाख । सर्वोच्च अदालतमा सातै प्रदेशमा नदीजन्य पदार्थको अनुमति नलिई उत्खनन गर्ने कार्य तत्काल रोख्न परमादेशको माग गर्दैै रिट निवेदन दायर गरिएको छ । अधिवक्ता पद्मबहादुर श्रेष्ठसहित सातै प्रदेशका कानून व्यवसायीहरूको निवेदन र वातावरण कानून समाज नेपालको अध्ययन...
सुदूरपश्चिम, १६ वैशाख । कोरोना सङ्क्रमित बिरामी बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशका सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अस्पताल महेन्द्रनगरमा शय्या र दक्ष जनशक्तिलगायत स्रोत साधनको अभाव देखिन थालेको छ । महाकाली अस्पतालमा शङ्कास्पदको नमूना परीक्षण गर्न आवश्यक पर्ने कीटको अभावसमेत...
काठमाडौ, १६ वैशाख । फाष्ट ट्रयाकको दोस्रो प्याकेज ठेक्का प्रक्रिया रद्द गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाली सेनालाई पत्र लेखेको छ । ठेक्का प्रक्रिया अघि नबढाउनू भनेर बारम्बार गरिएको निर्देशनलाई अटेर गरेकाले ताकेता पत्र पठाएर प्रक्रिया रद्द गरिएको आदेश दिएको...
काठमाडौँ, १६ वैशाख । नेपालले कोभिड–१९ महामारीको अहिलेको अवस्थामा अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख तथा प्रशान्त टापुका विकासोन्मुख राज्यहरूका निम्ति अन्तर्राष्ट्रिय सहयोग अरिहार्य भएको उल्लेख गर्दै महामारीविरुद्धको खोपमा पहुँच, वित्तीय सहायता र ऋणमोचन महत्वपूर्ण हुनेमा जोड दिएको छ । बैङ्ककमा जारी...
जलेश्वर, १६ वैशाख । कोभिड–१९ नियन्त्रणका लागि महोत्तरी जिल्ला अस्पतालमा खरिद गरिएका रु दुई करोड ५५ लाख बढीका उपकरण अहिले प्रयोगविहीन बनेका छन् । एक वर्षअघि कोभिड विशेष अस्पतालका रूपमा अस्पताललाई विकास गरेर कोरोना नियन्त्रणका लागि रु दुई करोड ५५...
काठमाडौँ, १६ वैशाख । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले सङ्क्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ । सिसीएमीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र...












